• जेष्ठ २८, २०८२
  • No Comment
  • 110

गणतन्त्रबाट मुलुक पछाडि फर्किन सक्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अब पुरानो शासन व्यवस्थामा फर्किन नसक्ने स्पष्ट पारेका छन्।

बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले लामो राजनीतिक सङ्घर्ष र जनदबाबबाट स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र अब फर्किन नसक्ने बताए।

“यो व्यवस्था जनताको बलिदानबाट स्थापित भएको हो, त्यसैले यसलाई सुधार्दै अघि बढ्नुबाहेक अरू कुनै विकल्प छैन,” उनले भने।

अध्यक्ष दाहालले जनतामा निराशा नहोस् भनेर राजनीतिक नेतृत्वले जिम्मेवार ढङ्गले काम गर्नुपर्नेमा जोड दिए। साथै, जनताको समस्या बुझ्न आफ्ना नेता–कार्यकर्ता ‘घरदैलो अभियान’मा सक्रिय रहेको जानकारी दिए।

कार्यक्रममा उनले कालीगण्डकी करिडोर निर्माणलाई प्राथमिकता दिँदै परियोजना चाँडो सम्पन्न गर्न आफूले आवश्यक सहयोग र पहल गर्ने प्रतिवद्धता जनाए।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *