• जेष्ठ २७, २०८२
  • No Comment
  • 191

अत्याधिक गर्मीका कारण वीरेन्द्रनगरका निजी विद्यालय ३ दिन बन्द हुने

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा अत्याधिक गर्मी बढेपछि यहाँका निजी तथा आवासीय विद्यालयहरू तीन दिनका लागि बन्द हुने भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वीरेन्द्रनगरले आज एक सूचना जारी गर्दै आगामी बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

प्याब्सन वीरेन्द्रनगरका अध्यक्ष पूर्ण बहादुर भण्डारीद्वारा हस्ताक्षरित सूचना अनुसार, पछिल्ला दिनमा बढेको अत्याधिक गर्मीका कारण विद्यार्थीहरूमा विभिन्न स्वास्थ्य समस्याहरू देखिएकाले बिदा दिने निर्णय गरिएको हो। विद्यार्थीहरूमा टाउको दुख्ने, बेहोस हुने, डिहाइड्रेसन र अत्यधिक पसिना आउने जस्ता समस्याहरू देखिएको सूचनामा उल्लेख छ।

विभिन्न विद्यालयबाट विद्यार्थीको स्वास्थ्यमा परेको असरबारे गुनासो र सुझाव आएपछि सोमबार बसेको प्याब्सनको जुम बैठकले बिदा दिने निर्णय गरेको हो।

सूचनामा जेठ २९ गते बुधबारदेखि जेठ ३१ गते शुक्रबारसम्म तीन दिन विद्यालय बन्द गरी सहयोग गरिदिन वीरेन्द्रनगर प्याब्सन अन्तर्गतका सबै सदस्य विद्यालयहरूलाई हार्दिक अनुरोध गरिएको छ।  

सम्बन्धित खबर

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…
अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३…

धनगढी । अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *