• जेष्ठ १५, २०८२
  • No Comment
  • 99

१८औं गणतन्त्र दिवसको अवसरमा दैलेखमा रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम सम्पन्न

दैलेख। १८औं गणतन्त्र दिवस २०८२ को विशेष अवसरमा नारायण नगरपालिकाको आयोजनामा रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ। जनस्वास्थ्यप्रति ध्यान दिँदै आयोजना गरिएको उक्त स्वास्थ्य परीक्षण कार्यक्रम दैलेख जिल्लाको जिल्ला समन्वय समितिको परिसरमा सम्पन्न भएको हो।

स्वास्थ्य सचेतना अभिवृद्धि र जनस्वास्थ्य प्रवर्द्धनको उद्देश्यसहित आयोजित कार्यक्रममा १०० भन्दा बढी स्थानीय आम नागरिकहरूले निशुल्क रक्तचाप र मधुमेह परीक्षण गराएका थिए।

स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूले नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे जानकारी समेत प्राप्त गरेका थिए। नारायण नगरपालिकाका जनप्रतिनिधिहरूले यस्ता कार्यक्रमले नागरिकमा स्वास्थ्यप्रति सचेतना बढाउने विश्वास व्यक्त गरेका छन्।

नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *