• जेष्ठ ११, २०८२
  • No Comment
  • 99

आजको मौसम : देशका पहाडी भू–भागमा वर्षाको सम्भावना 

काठमाडौं । नेपालमा आज (आइतबार) पनि पश्चिमी वायु, स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले  जनाएकाे  छ।

विभागका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम तथा दक्षिण–पश्चिम भू–भागमा मनसुन सक्रिय भइसकेको र त्यसले भारतका केही भूभाग हुँदै नेपालतर्फ पनि प्रवेश गर्ने तयारीमा रहेको  छ।

दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

त्यसैगरी, कोसी र वाग्मती प्रदेशलगायतका पहाडी क्षेत्रका केही स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च–पहाडी तथा हिमाली क्षेत्रहरूमा भने एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने  विभागले जनाएकाे  छ।

रातिको समयमा पनि कोसी, मधेस र अन्य पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा हुने बताइएको छ।

सम्बन्धित खबर

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

अनेरास्ववियुद्वारा सडक सुरक्षाबारे संयुक्त ध्यानाकर्षण पत्र बुझाइयो

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले क्याम्पस क्षेत्रको सडक सुरक्षा र यातायात…
एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि श्रीलङ्कासँग भिड्दै

एसीसी यू–१९ एशिया कप आजदेखि यूएईमा सुरु, नेपाल भोलि…

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेट आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको छ। उद्घाटन दिनमा भारतले आयोजक यूएईसँग…
त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

त्रिशूली नदीमा भीरबाट खसेका व्यक्तिको सशस्त्र प्रहरीद्धारा उद्धार

गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *