• जेष्ठ ९, २०८२
  • No Comment
  • 20

पोखरामा आजदेखि युवा संघको महाधिवेशन

(एमाले) निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरू हुँदैछ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यान्ह अमरसिंह चौरमा आयोजित सभामा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसका लागि उनी पोखरा आउने भएपछि सुरक्षा व्यवस्था पनि चुस्तदुरुस्त पारिएको छ । प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि आउने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
३ दिनसम्म चल्ने महाधिवेशनको बन्दसत्र भने पोखरा सभागृहमा हुनेछ । महाधिवेशनमा देशभरबाट करिब २ हजार जना प्रतिनिधिले भाग लिँदैछन् । महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिवसहित १ सय ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछ

सम्बन्धित खबर

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोटमा सुतिरहेकी बालिकालाई सर्पले टोकेर मृत्यु

जाजरकोट। जाजरकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। भेरी नगरपालिका-६, गंगटियाकी ८ वर्षीया बालिका दिक्षा शाहीको उपचारका क्रममा मृत्यु भएको…
सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा…

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतस्थित प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अस्पतालको बिलिङबाट संकलन…
सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

सुन स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

 (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *