• जेष्ठ ९, २०८२
  • No Comment
  • 114

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का 

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा गएराति भूकम्पका धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बैतडी जिल्लाको सदरमुकाम खलङ्गा गढीलाई केन्द्रबिन्दु बनाएर राति १:४८ बजे ५.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। त्यसपछि राति २:०० बजेतिर ३.७ म्याग्निच्युडको परकम्प पनि गएको जनाइएको छ।

दुवै भूकम्पको केन्द्रबिन्दु बैतडीकै खलङ्गा गढी क्षेत्र नै रहेको छ। ती भूकम्पका धक्का बैतडीसहित दार्चुला, बझाङ, डडेलधुरा लगायतका पहाडी जिल्लाहरूमा व्यापक रूपमा महसुस गरिएको थियो।

बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले हालसम्म मानवीय वा भौतिक क्षतिको कुनै ठोस विवरण प्राप्त नभएको जानकारी दिनुभयो। साथै, सम्भावित क्षतिको विवरण संकलन गर्नका लागि सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिइएको उहाँले बताउनुभयो।

डडेलधुराका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी द्वारिका ओझाका अनुसार पनि डडेलधुरामा अहिलेसम्म कुनै क्षतिको जानकारी आएको छैन।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *