• जेष्ठ ७, २०८२
  • No Comment
  • 132

 आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । देशभर चार प्रकारका वायु प्रणाली सक्रिय भएपछि आज देशका अधिकांश भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुले संयुक्त प्रभाव पारिरहेको छ।

यसको कारणले गर्दा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ। यसबाहेक, देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको समेत सम्भावना रहेको छ।

महाशाखाका अनुसार, हाल कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ भने बाँकी क्षेत्रमा मुख्यतः सफा देखि आंशिक बदलीको अवस्था देखिएको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अहिले पनि चट्याङ्गसहित हल्का वर्षा भइरहेको  छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

त्यसैगरी, आज राति पनि कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षा हुन सक्ने देखिएको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

मौसममा आएको परिवर्तनले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित खबर

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण…

सुर्खेत। आवाज संस्था र TDHको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकाका युवालाई खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको…
जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *