• जेष्ठ ७, २०८२
  • No Comment
  • 89

 आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । देशभर चार प्रकारका वायु प्रणाली सक्रिय भएपछि आज देशका अधिकांश भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुले संयुक्त प्रभाव पारिरहेको छ।

यसको कारणले गर्दा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ। यसबाहेक, देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको समेत सम्भावना रहेको छ।

महाशाखाका अनुसार, हाल कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ भने बाँकी क्षेत्रमा मुख्यतः सफा देखि आंशिक बदलीको अवस्था देखिएको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अहिले पनि चट्याङ्गसहित हल्का वर्षा भइरहेको  छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

त्यसैगरी, आज राति पनि कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षा हुन सक्ने देखिएको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

मौसममा आएको परिवर्तनले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *