• जेष्ठ ५, २०८२
  • No Comment
  • 114

पञ्चपुरी ७ मा असिना पानीले फलफूल र तरकारीमा व्यापक क्षति

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा न ७ पैसरा ,सान्ने बुढाखाली ,चिउरी ,सिम्ताचौर, धन्बोटमा आएको ठूलो असिना पानीले तरकारी तथा फलफूल खेतिमा क्षति र्पुयाएको छ। साँझ ५ ३० बजेपछि हावाहुरीसहित आएको हावाहुरी सहितको असिना पानीले सो क्षेत्रमा ठूलो क्षति र्पुयाएको हो । असिना पानीका कारण आँप, लिचि, सुन्तला, कागती, आरुपखरा , लगायतका तरकारी बालिमा क्षती र्पुयाएको छ । यसैगरी कुनैकुनै भेगमा भर्खरै बारिमा लगाएका मकैमा समेत नराम्रो क्षती र्पुयाएको छ। पञ्चपुरी नगरपालिकाको वडा नम्बर ७ सान्ने ,पैसरा, गढिगाँउ र धन्बोटमा धेरै मात्रमा क्षती र्पुयाएको श्री शान्ति प्रा बि सान्नेचौरका प्रधानाध्यापक राम बहादुर देउवाले जानकारी दिनु भएको छ ।

देउवाका अनुसार यस क्षेत्रमा लगाइएका आँप सुन्तला, , लिचि कागती, र अन्य फलफुलमा ठूलो क्षती भएको भएको छ। लगातार आएको असिना पानी पहिले खोलो जस्तै भएर बगेको र पछि ५ इञ्चसम्म असिना जमेको सान्नेका स्थानीय जय बहादुर बोगटीले जानकारी दिनु भएको छ । पञ्चपुरी नगरपालिका वडा न ७ का अन्य ठाउँहरु पैसरा ,दुदिला ,चिउरी , सिम्ताचौर ,बुढाखालीमा पनि ठूलो मात्रामा असिना पानी आएको स्थानीयले जानकारी दिएका छन ।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *