• जेष्ठ ५, २०८२
  • No Comment
  • 175

पञ्चपुरी ७ मा असिना पानीले फलफूल र तरकारीमा व्यापक क्षति

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा न ७ पैसरा ,सान्ने बुढाखाली ,चिउरी ,सिम्ताचौर, धन्बोटमा आएको ठूलो असिना पानीले तरकारी तथा फलफूल खेतिमा क्षति र्पुयाएको छ। साँझ ५ ३० बजेपछि हावाहुरीसहित आएको हावाहुरी सहितको असिना पानीले सो क्षेत्रमा ठूलो क्षति र्पुयाएको हो । असिना पानीका कारण आँप, लिचि, सुन्तला, कागती, आरुपखरा , लगायतका तरकारी बालिमा क्षती र्पुयाएको छ । यसैगरी कुनैकुनै भेगमा भर्खरै बारिमा लगाएका मकैमा समेत नराम्रो क्षती र्पुयाएको छ। पञ्चपुरी नगरपालिकाको वडा नम्बर ७ सान्ने ,पैसरा, गढिगाँउ र धन्बोटमा धेरै मात्रमा क्षती र्पुयाएको श्री शान्ति प्रा बि सान्नेचौरका प्रधानाध्यापक राम बहादुर देउवाले जानकारी दिनु भएको छ ।

देउवाका अनुसार यस क्षेत्रमा लगाइएका आँप सुन्तला, , लिचि कागती, र अन्य फलफुलमा ठूलो क्षती भएको भएको छ। लगातार आएको असिना पानी पहिले खोलो जस्तै भएर बगेको र पछि ५ इञ्चसम्म असिना जमेको सान्नेका स्थानीय जय बहादुर बोगटीले जानकारी दिनु भएको छ । पञ्चपुरी नगरपालिका वडा न ७ का अन्य ठाउँहरु पैसरा ,दुदिला ,चिउरी , सिम्ताचौर ,बुढाखालीमा पनि ठूलो मात्रामा असिना पानी आएको स्थानीयले जानकारी दिएका छन ।

सम्बन्धित खबर

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सुर्खेत। असार मसान्तलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा पनि चौकुने गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालन…
सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

 सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। उच्च रक्तचाप, मधुमेह, मानसिक रोग…
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)…

Leave a Reply

Your email address will not be published. Required fields are marked *