• जेष्ठ ४, २०८२
  • No Comment
  • 137

बिहान उठ्नेबित्तिकै यी चीजहरू खाँदा दिनभरि रहन्छ ऊर्जा

काठमाडौं। बिहानको सुरुवात कस्तो भयो भन्ने कुराले पूरै दिनको कार्यक्षमता र मूडमा ठूलो प्रभाव पार्दछ। धेरैजसो मानिसहरू बिहान उठ्नेबित्तिकै थकान महसुस गर्छन्, जसको एक प्रमुख कारण शरीरमा पोषक तत्वको कमी तथा अस्वस्थ जीवनशैली हुन सक्छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार, बिहानको खालि पेटमा केही ऊर्जा दिने तथा पोषणयुक्त खानेकुराको सेवन गरेमा दिनभरि ताजगी महसुस गर्न सकिन्छ। यहाँ केही त्यस्ता खानेकुरा प्रस्तुत गरिएका छन्, जुन बिहानको समयमा खाँदा ऊर्जा प्राप्त हुन्छ:

१. पिँडालु:
पिँडालुमा पाइने म्याग्नेसियम, तामा र ट्रिप्टोफानजस्ता तत्वहरूले शरीरमा सेरोटोनिनको स्राव बढाउँछन्, जुन खुशीको हर्मोन मानिन्छ। साथै, यसको गानोलाई हाइपोग्लाइसेमिक गुणयुक्त मानिन्छ, जसले रगतमा चिनीको मात्रा सन्तुलित राख्न मद्दत गर्दछ।

२. ओखर (Walnut):
ओखरमा पाइने ओमेगा-३, जिंक, सेलेनियम, प्रोटिन र भिटामिन बीले शरीरको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने काम गर्छ। यसले मानसिक सतर्कता र ऊर्जा बढाउन पनि सहयोग पुर्‍याउँछ।

३. खजूर:
प्राकृतिक चिनी, आहार फाइबर र एन्टिअक्सिडेन्टले भरिएको खजूर पाचनमा मद्दत गर्नुका साथै शरीरलाई तत्काल ऊर्जा दिन सक्षम हुन्छ। बिहान खजूरको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।

४. बादाम:
बादाम ‘सुपरफुड’का रूपमा चिनिन्छ। यसले हड्डी मजबुत बनाउनुका साथै मुड सुधार्ने कार्य गर्छ। बिहान भिजाएर खाएको बादामले रक्त प्रवाह सुधार गर्न, रक्तचाप कम गर्न र एन्टिअक्सिडेन्टको स्तर बढाउन महत्त्वपूर्ण भूमिका खेल्दछ।

स्वास्थ्य विशेषज्ञहरू सुझाव दिन्छन् कि यस्ता प्राकृतिक तथा पोषक तत्वले भरिएका खानेकुराको सेवन बिहानको समयमा नियमित गर्न सकेमा दिनभर उर्जावान र सक्रिय रहन सकिन्छ।

सम्बन्धित खबर

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सुर्खेत। असार मसान्तलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा पनि चौकुने गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालन…
सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

 सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। उच्च रक्तचाप, मधुमेह, मानसिक रोग…
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)…

Leave a Reply

Your email address will not be published. Required fields are marked *