• जेष्ठ ४, २०८२
  • No Comment
  • 85

बिहान उठ्नेबित्तिकै यी चीजहरू खाँदा दिनभरि रहन्छ ऊर्जा

काठमाडौं। बिहानको सुरुवात कस्तो भयो भन्ने कुराले पूरै दिनको कार्यक्षमता र मूडमा ठूलो प्रभाव पार्दछ। धेरैजसो मानिसहरू बिहान उठ्नेबित्तिकै थकान महसुस गर्छन्, जसको एक प्रमुख कारण शरीरमा पोषक तत्वको कमी तथा अस्वस्थ जीवनशैली हुन सक्छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार, बिहानको खालि पेटमा केही ऊर्जा दिने तथा पोषणयुक्त खानेकुराको सेवन गरेमा दिनभरि ताजगी महसुस गर्न सकिन्छ। यहाँ केही त्यस्ता खानेकुरा प्रस्तुत गरिएका छन्, जुन बिहानको समयमा खाँदा ऊर्जा प्राप्त हुन्छ:

१. पिँडालु:
पिँडालुमा पाइने म्याग्नेसियम, तामा र ट्रिप्टोफानजस्ता तत्वहरूले शरीरमा सेरोटोनिनको स्राव बढाउँछन्, जुन खुशीको हर्मोन मानिन्छ। साथै, यसको गानोलाई हाइपोग्लाइसेमिक गुणयुक्त मानिन्छ, जसले रगतमा चिनीको मात्रा सन्तुलित राख्न मद्दत गर्दछ।

२. ओखर (Walnut):
ओखरमा पाइने ओमेगा-३, जिंक, सेलेनियम, प्रोटिन र भिटामिन बीले शरीरको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने काम गर्छ। यसले मानसिक सतर्कता र ऊर्जा बढाउन पनि सहयोग पुर्‍याउँछ।

३. खजूर:
प्राकृतिक चिनी, आहार फाइबर र एन्टिअक्सिडेन्टले भरिएको खजूर पाचनमा मद्दत गर्नुका साथै शरीरलाई तत्काल ऊर्जा दिन सक्षम हुन्छ। बिहान खजूरको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।

४. बादाम:
बादाम ‘सुपरफुड’का रूपमा चिनिन्छ। यसले हड्डी मजबुत बनाउनुका साथै मुड सुधार्ने कार्य गर्छ। बिहान भिजाएर खाएको बादामले रक्त प्रवाह सुधार गर्न, रक्तचाप कम गर्न र एन्टिअक्सिडेन्टको स्तर बढाउन महत्त्वपूर्ण भूमिका खेल्दछ।

स्वास्थ्य विशेषज्ञहरू सुझाव दिन्छन् कि यस्ता प्राकृतिक तथा पोषक तत्वले भरिएका खानेकुराको सेवन बिहानको समयमा नियमित गर्न सकेमा दिनभर उर्जावान र सक्रिय रहन सकिन्छ।

सम्बन्धित खबर

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *