• अशोज १९, २०८१
  • No Comment
  • 78

युवाज्योति आधारभुत विद्यालय पञ्चपुरी ४ को ३६ औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न

दिलिप कडेल, सर्खेत।  पञ्चपुरी नगरपालिका वडा नम्बर ४ मा रहेको श्री युवाज्योती आधारभुत बिध्यालयको ३६ ओै बार्षिक उत्सब कार्यक्रम सम्पन्न भएको छ ।। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बुद्धि प्रसाद सापकोटा को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पञ्चपुरी नगरपालिका नगर प्रमुख श्री लालबिर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारी र वडा न ५ का वडा अध्यक्ष नगेन्द्र बहादुर शाहीको विशेष आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन शिक्षक डिल्लीराम कडेलले गर्नुभएको थियो।

शिक्षिका गिता कडेल आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर बि सी ले विद्यालयको वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लालबिर भण्डारीले विद्यालयको उन्नति र प्रगतिको लागि नगरपालिकाबाट पहल गर्ने जानकारी गराउनुभयो बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुंहुर्दै वडा नम्बर ४ का वडाध्यक्ष राम प्रसाद अधिकारीले पछिल्लो सामुदायिक बिध्यालयमा बिधार्थीको संख्या घट्दै गईरहेको अबस्थामा सामुदायिक बिद्यालयहरुले शैक्षिक गुणस्तर सुधार गर्नु पर्नेमा जोडदिनुभयो ।

वडाध्यक्ष अधिकारीले शिक्षकलाई ईमान्दार भएर काम गर्न अनुरोध गर्दै शैक्षिक क्षेत्रको बिकासका लागि आर्थिक तथा भैतिक जस्तो सुकै सहयोग गर्नपनि आफु तयार रहेको बताउनुभयो । उहाँले समुदायमा समेत सामुदायिक बिधालयको शैक्षिक गुणस्तर बिकासका लागि जागरुक गराउनुपर्नेमा जोडदिनुभयो ।उहाँले बिधालयको शैक्षिक गुणस्तर सुधार गर्न बालमैत्री अबधारणा ल्याउनुका साथै प्रबिधिमैत्रि बनाउनुपर्ने पक्षमा रहेको बताउनुभयो ।

प्रधानध्यापक बि सी ले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक मात्र नभएर अभिभावकहरुको पनि उत्तिकै जिम्मेवारी हुने भन्दै अभिभावकको निरन्तर अनुगमनको खाँचो रहेकोमा जोडदिनुभयो ।उक्त कार्यक्रममा बिध्यालयका संस्थापक अध्यक्ष कृ्ष्ण राज तिमिल्सिना ,पुर्ब प्र अ र अवकाशप्राप्त प्र अ राम प्रसाद तिमिल्सिना , पदमपाणी लामिछाने र नन्दराम लामिछानेलाई सम्मानित गरिएको थियोे ।

सम्बन्धित खबर

पञ्चपुरी नगरपालिका ९ बिध्यापुरमा डेङ्गु सङ्क्रमण फैलिदै ७० जनामा डेङ्गु सङक्रमण पुष्टि

पञ्चपुरी नगरपालिका ९ बिध्यापुरमा डेङ्गु सङ्क्रमण फैलिदै ७० जनामा…

दिलिप कडेल। केही दिन यता पञ्चपुरी नगरपालिका वडा न ९ मा डेङ्गुको सङ्क्रमण फैलिएको छ । नगरपालिकाको बिध्यापुर स्वास्थ्य चौकीमा उपचार गर्न…
बाबियाचौरको बजारक्षेत्रमा छाडाचौपाय, व्यवस्थापनमा मौन स्थानीय सरकार

बाबियाचौरको बजारक्षेत्रमा छाडाचौपाय, व्यवस्थापनमा मौन स्थानीय सरकार

दिलिप कडेल, केही समय छाडा चौपाया नदेखिएको बाबियाचौर बजारक्षेत्रमा केहि दिनयता पुन सडकभरि छाडा चौपायाको लस्कर देखिन थालेको छ । सडक…
पञ्चपुरी नगरपालिकामा पनी स्केट पार्क सञ्चालन हुने

पञ्चपुरी नगरपालिकामा पनी स्केट पार्क सञ्चालन हुने

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा न ५ मा बाबियाचौर स्केट पार्क सञ्चालनमा हुने भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिकामा अत्याधुनिक सुविधा सहितकाे बाबियाचौर…

Leave a Reply

Your email address will not be published. Required fields are marked *