• जेष्ठ २, २०८२
  • No Comment
  • 116

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबीच सम्झौता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा आज मन्त्रालय र संघबीच गरिएको सम्झौताअनुसार अब संघले आँखा उपचार उपलब्ध नभएका स्थानमा लक्षित गरेर सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्नेछ ।
आँखा उपचार पहुँच वृद्धि गर्ने मन्त्रालयको नीतिअनुसार संघले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर कार्यक्रम विस्तार गर्नेछ भने यसका लागि मन्त्रालयले सहजीकरण गर्ने सम्झौतामा उल्लेख छ । साथै आधारभूत स्वास्थ्य संस्थामा कार्यरत प्राथमिक आँखा उपचारमा सेवा प्रदान गरिरहेका जनशक्तिको क्षमता वृद्धिका लागि सङ्घले सघाउने भएको छ ।

मन्त्रालयले सङ्घका विदेशी आँखा चिकित्सकलाई उपचारमा सहभागी गराउन सहजीकरण गर्नेछ भने छात्रवृत्तिमा अध्ययन गरेका जनशक्तिलाई सङ्घीय तथा प्रादेशिक अस्पतालबाट खटाउन सघाउनेछ । सम्झौतापछि आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले नेपालको आँखा उपचार सेवा स्तरीय र सुपथ भएको भन्दै नागरिकको पहुँच वृद्धिसँगै स्वास्थ्य उपचार पर्यटन केन्द्रका रूपमा विकास गर्न यस सेवाले भूमिका खेल्ने विश्वास व्यक्त गरे । सङ्घका अध्यक्ष डा चेतराज पन्तले सरकारको लक्ष्यअनुसार आँखा उपचार पहुँच बढाउन आवश्यक वातावरण बनाउन सहजीकरणका लागि मन्त्री पौडेलप्रति आभार व्यक्त गरे ।

सम्बन्धित खबर

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सुर्खेत। असार मसान्तलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा पनि चौकुने गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालन…
सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

 सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। उच्च रक्तचाप, मधुमेह, मानसिक रोग…
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)…

Leave a Reply

Your email address will not be published. Required fields are marked *