• बैशाख २७, २०८२
  • No Comment
  • 101

वीरेन्द्रनगरमा सुरु भयो ‘कर्णाली छोरी सम्मेलन–२०८२’

सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शनिबारदेखि तीनदिने ‘कर्णाली छोरी सम्मेलन–२०८२’ सुरु भएको छ। श्री ज्योति फाउन्डेसन र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन शुभ होटल, वीरेन्द्रनगरमा वैशाख २७, २८ र २९ गतेसम्म सञ्चालन हुनेछ।

आयोजकका अनुसार यो सम्मेलन कर्णाली प्रदेशमै पहिलोपटक आयोजना गरिएको हो। कर्णालीका छोरीहरूलाई सचेत, सबल, सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यका साथ सम्मेलन सुरु गरिएको श्री ज्योति फाउन्डेसनकी अध्यक्ष ज्योति कटुवालले जानकारी दिइन्। उनका अनुसार सम्मेलनले कर्णालीका छोरीहरूको व्यक्तित्व विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका प्रतिनिधि छोरीहरू सहभागी छन्। साथै, लोपोन्मुख तथा सीमान्तकृत समुदाय — जस्तै राउटे, राजी, वादी र बोटे — का छोरीहरू समेत सम्मेलनमा सहभागी भएका छन्। करिब दुई सय जना छोरीहरूको सहभागिता रहने सम्मेलनले उनीहरूलाई आफ्ना आवाज सार्वजनिकरूपमा अभिव्यक्त गर्ने थलो प्रदान गर्नेछ।

तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न बहस, अन्तरक्रिया र प्रवचन सत्रहरू सञ्चालन हुनेछन्। विशेष सत्र ‘छोरीका मनका कुरा’ मा सहभागीहरूले आफ्ना भोगाइ, संघर्ष र अनुभवहरू प्रस्तुत गर्नेछन्। त्यस्तै, ‘छोरीहरूको जीवन रूपान्तरण’ विषयमा विज्ञहरूबाट विशेष विश्लेषणसमेत गरिने छ। छोरीहरूको कला, प्रतिभा र सिर्जनात्मक प्रस्तुतिहरू पनि सम्मेलनमा प्रदर्शन गरिने आयोजकले जनाएको छ।

सम्मेलनमार्फत छोरीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक सहभागिता विकास गर्ने लक्ष्य राखिएको छ। आयोजकले यस्तो सम्मेलनले प्रदेशभरि छोरीहरूबीच समानता र सशक्तीकरणको चेतना विस्तार गर्ने अपेक्षा व्यक्त गरेका छन्।

सम्बन्धित खबर

Thunderstruck Trial Élvezd Trinocasino bejelentkezési probléma a 100%-ban ingyenes…

Blogok Trinocasino bejelentkezési probléma – Thunderstruck játék alternatívák és nyeremények Weboldal artista pressuroso HeroSpin Helyi kaszinó sobre Portugália Minden idők három…
कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि पार्टी अध्यक्ष प्रचण्डलाई एकल सिफारिस…

Navigating the Digital Casino: Your Beginner’s Guide to Yoyo…

So, you’re dipping your toes into the exciting world of online casinos in Sweden? Welcome! It’s a thrilling experience, but it’s…

Leave a Reply

Your email address will not be published. Required fields are marked *