• बैशाख २६, २०८२
  • No Comment
  • 130

बिहान खाली पेटमा के पिउने ? विशेषज्ञको सुझाव हेर्नुहाेस

 काठमाडौं ।  बिहानको सुरुवात राम्रो भयो भने दिनभर उर्जा र सकारात्मकता कायम रहन्छ भन्ने विश्वास धेरैको छ। यद्यपि, धेरै नेपालीको बिहानको दिनचर्या चिया वा कफीबाट सुरु हुन्छ, जुन चिकित्सकका अनुसार दीर्घकालीन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। बिहान खाली पेटमा चिया वा कफी पिउनाले एसिडिटी, पाचन समस्यालगायत पेटसम्बन्धी रोग निम्त्याउन सक्छ।

स्वास्थ्य विज्ञहरू अब चिया-कफीको सट्टा पोषणयुक्त र ऊर्जावान् पेयको सेवन गर्न सुझाव दिन्छन्। यी प्राकृतिक विकल्पले शरीरमा ताजगी ल्याउनुका साथै रोग प्रतिरोधात्मक क्षमता समेत वृद्धि गर्छ।

दूध
बिहानको नास्तामा चियाको सट्टा दूध पिउन बानी बसाल्न चिकित्सक सल्लाह दिन्छन्। भिटामिन र क्याल्सियमले भरिपूर्ण दूधले हड्डी र दाँतलाई मजबुत बनाउनुका साथै दिनभर ऊर्जावान् राख्ने काम गर्छ।

मनतातो कागती पानी
बिहान उठ्नेबित्तिकै खाली पेटमा मनतातो कागती पानी पिउनाले पाचन प्रणालीमा सुधार ल्याउनुका साथै शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। यो पेयले तौल नियन्त्रणमा राख्न र छालालाई चम्किलो बनाउने विशेषता पनि राख्छ।

नरिवल पानी
नरिवल पानी कम बोसोयुक्त, चिनीरहित प्राकृतिक पेय हो। बिहान यसको सेवनले शरीरमा हाइड्रेसन कायम राख्दै दिनभर ऊर्जाको कमी महसुस हुन दिंदैन।

फलफूलको जुस
ताजा फलफूलको जुस पिउनाले शरीरमा आवश्यक भिटामिन र मिनरल्स पूर्ति गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। विशेषगरी कागती, एलोभेरा, अनार र लौकाको जुस बिहान खाली पेटमा सेवन गर्नु अत्यन्त फाइदाजनक मानिन्छ।

स्वास्थ्यप्रेमीहरूका अनुसार, बिहानको पहिलो घण्टा शरीरका लागि सबैभन्दा संवेदनशील समय हो। त्यसैले त्यो समय शरीरलाई प्राकृतिक र पोषणयुक्त तरिकाले ऊर्जा दिनु दीर्घकालीन स्वास्थ्यको लागि अत्यन्त आवश्यक हुन्छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *