• बैशाख २६, २०८२
  • No Comment
  • 85

बिहान खाली पेटमा के पिउने ? विशेषज्ञको सुझाव हेर्नुहाेस

 काठमाडौं ।  बिहानको सुरुवात राम्रो भयो भने दिनभर उर्जा र सकारात्मकता कायम रहन्छ भन्ने विश्वास धेरैको छ। यद्यपि, धेरै नेपालीको बिहानको दिनचर्या चिया वा कफीबाट सुरु हुन्छ, जुन चिकित्सकका अनुसार दीर्घकालीन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। बिहान खाली पेटमा चिया वा कफी पिउनाले एसिडिटी, पाचन समस्यालगायत पेटसम्बन्धी रोग निम्त्याउन सक्छ।

स्वास्थ्य विज्ञहरू अब चिया-कफीको सट्टा पोषणयुक्त र ऊर्जावान् पेयको सेवन गर्न सुझाव दिन्छन्। यी प्राकृतिक विकल्पले शरीरमा ताजगी ल्याउनुका साथै रोग प्रतिरोधात्मक क्षमता समेत वृद्धि गर्छ।

दूध
बिहानको नास्तामा चियाको सट्टा दूध पिउन बानी बसाल्न चिकित्सक सल्लाह दिन्छन्। भिटामिन र क्याल्सियमले भरिपूर्ण दूधले हड्डी र दाँतलाई मजबुत बनाउनुका साथै दिनभर ऊर्जावान् राख्ने काम गर्छ।

मनतातो कागती पानी
बिहान उठ्नेबित्तिकै खाली पेटमा मनतातो कागती पानी पिउनाले पाचन प्रणालीमा सुधार ल्याउनुका साथै शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। यो पेयले तौल नियन्त्रणमा राख्न र छालालाई चम्किलो बनाउने विशेषता पनि राख्छ।

नरिवल पानी
नरिवल पानी कम बोसोयुक्त, चिनीरहित प्राकृतिक पेय हो। बिहान यसको सेवनले शरीरमा हाइड्रेसन कायम राख्दै दिनभर ऊर्जाको कमी महसुस हुन दिंदैन।

फलफूलको जुस
ताजा फलफूलको जुस पिउनाले शरीरमा आवश्यक भिटामिन र मिनरल्स पूर्ति गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। विशेषगरी कागती, एलोभेरा, अनार र लौकाको जुस बिहान खाली पेटमा सेवन गर्नु अत्यन्त फाइदाजनक मानिन्छ।

स्वास्थ्यप्रेमीहरूका अनुसार, बिहानको पहिलो घण्टा शरीरका लागि सबैभन्दा संवेदनशील समय हो। त्यसैले त्यो समय शरीरलाई प्राकृतिक र पोषणयुक्त तरिकाले ऊर्जा दिनु दीर्घकालीन स्वास्थ्यको लागि अत्यन्त आवश्यक हुन्छ।

सम्बन्धित खबर

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुर्खेत, असोज ३१ — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ खजुरा स्थित ५१ वर्षिय रूद्र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *