• बैशाख २५, २०८२
  • No Comment
  • 14

मध्यपश्चिम विश्वविद्यालयले पदाधिकारी पूर्तिको विज्ञापन दुई दिनमै स्थगित गरेकाे छ ,

सुर्खेत, मध्यपश्चिम विश्वविद्यालयले डीन, डाइरेक्टर लगायतका पदाधिकारीहरूको आवश्यक्ता पूर्तिका लागि वैशाख २३ गते प्रकाशित गरेको विज्ञापन दुई दिनमै स्थगित गरिएको छ ।

कार्यकारी परिषद्को निर्णयअनुसार वैशाख २५ गते उक्त विज्ञापन स्थगित गरिएको हो । विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेलले सूचना प्रकाशित गर्दै कारणबस

अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् । विज्ञापन प्रकाशनपछि नेपाल राष्ट्रिय प्राध्यापक संगठनले विश्वविद्यालयको ऐन,

नियमविपरीत भएको भन्दै तीव्र आपत्ति जनाएको थियो । प्राध्यापक संगठनले सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर भागबण्डाको

उद्देश्यले विज्ञापन सार्वजनिक गरिएको आरोप लगाएको थियो । साथै सो संगठनले सत्तापक्ष एमाले र कांग्रेसले मिलेर भागबण्डा गर्ने

उद्देश्यले उक्त विज्ञापन प्रकाशित गरेकोले बदर गर्न अल्टिमेटम दिएको थियो ।

सम्बन्धित खबर

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी…
‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट…

काठमाडौँ । ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतीले स्वीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…
पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक मत हो– गोकुल बास्कोटा

पोखरा विमानस्थलको छानबिन अझै गहिराइमा पुग्नुपर्छ भन्ने मेरो पूरक…

नेकपा एमालेका नेता एवं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य गोकुल बास्कोटाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे अझै गहिरो छानबिन गर्नुपर्ने आफ्नो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *