• बैशाख २५, २०८२
  • No Comment
  • 143

मध्यपश्चिम विश्वविद्यालयले पदाधिकारी पूर्तिको विज्ञापन दुई दिनमै स्थगित गरेकाे छ ,

सुर्खेत, मध्यपश्चिम विश्वविद्यालयले डीन, डाइरेक्टर लगायतका पदाधिकारीहरूको आवश्यक्ता पूर्तिका लागि वैशाख २३ गते प्रकाशित गरेको विज्ञापन दुई दिनमै स्थगित गरिएको छ ।

कार्यकारी परिषद्को निर्णयअनुसार वैशाख २५ गते उक्त विज्ञापन स्थगित गरिएको हो । विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेलले सूचना प्रकाशित गर्दै कारणबस

अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् । विज्ञापन प्रकाशनपछि नेपाल राष्ट्रिय प्राध्यापक संगठनले विश्वविद्यालयको ऐन,

नियमविपरीत भएको भन्दै तीव्र आपत्ति जनाएको थियो । प्राध्यापक संगठनले सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर भागबण्डाको

उद्देश्यले विज्ञापन सार्वजनिक गरिएको आरोप लगाएको थियो । साथै सो संगठनले सत्तापक्ष एमाले र कांग्रेसले मिलेर भागबण्डा गर्ने

उद्देश्यले उक्त विज्ञापन प्रकाशित गरेकोले बदर गर्न अल्टिमेटम दिएको थियो ।

सम्बन्धित खबर

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सुर्खेत। असार मसान्तलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा पनि चौकुने गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालन…
सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

 सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। उच्च रक्तचाप, मधुमेह, मानसिक रोग…
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)…

Leave a Reply

Your email address will not be published. Required fields are marked *