- बैशाख २५, २०८२
- No Comment
- 34
बीपी स्मृति अस्पताललाई महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं महानगरपालिकाले बीपी स्मृति अस्पताललाई ५० हजार जरिवाना तिराएको छ । अस्पतालले हानिकारक फोहर निर्मूलीकरण नगरी सामान्य फोहरमा मिसाउने,
अस्पताल परिसरमा दुर्गन्ध हुन्जेल फोहर राख्ने जस्ता लापरवाही गरेपछि महानगरले जरिवाना गरेको हो । कल सेन्टरमा फोन गरेर अस्पतालले फोहर व्यवस्थापन
नगरी धेरै दिनसम्म अस्पतालको कम्पाउण्डमा राखेर दुर्गन्ध फैलाएकाले जरिवाना गरिएको महानगरले जनाएको छ ।
महानगरले दिएको जानकारी अनुसार सोमबार गुनासो दर्ता भए लगत्तै विभागका वरिष्ठ अधिकृत सानुमैया महर्जनको नेतृत्वमा वातावरण निरीक्षक सृष्टि श्रेष्ठ,
स्वास्थ्य विभाग र महानगर प्रहरी बलका प्रतिनिधिसहित अनुगमन गएका थिए ।