• बैशाख २३, २०८२
  • No Comment
  • 147

सुर्खेतमा लागुऔषध (ब्राउनसुगर) सहित एक जना पक्राउ

सुर्खेत। लागुऔषध (ब्राउनसुगर) सहित सुर्खेत प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोमबार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ स्थित यरिचोकबाट लागु औषध कारोबार भइरहेको अवस्थामा लागु औषध नियन्त्रण शाखा कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको टोलिले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित बहराइज निवासी २४ वर्षीय रिहान खान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक मोहनजंग बुढथापाले बताएका छन । उपरिक्षक बुढथापाका अनुसार खानको साथबाट ४८० मिलिग्राम लागुऔषध (ब्राउनसुगर) बरामद गरिएको छ । खानलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *