• बैशाख २२, २०८२
  • No Comment
  • 106

दैलेखमा करेन्ट लागेर १ युवकको मृत्यु

दैलेख । दैलेखको आठबिस नगरपालिकास्थित राकम कर्णालीमा घाँस काट्ने क्रममा करेन्ट लागेर २९ वर्षीय नगेन्द्र बहादुर माझीको मृत्यु भएको छ।

स्थानीयका अनुसार विद्युत् कार्यालयको लापरवाहीका कारण करेन्ट लागेर उनको ज्यान गएको हो। घटनापछि आक्रोशित मृतकका आफन्त र स्थानीयवासीले सोमबारदेखि कर्णाली राजमार्ग अवरुद्ध गरेका छन्।

राजमार्ग बन्द हुँदा सवारी साधनहरू राकम क्षेत्रमा नै रोकिएका छन्, जसका कारण यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ।

पीडित पक्ष र प्रहरीबीच छलफल जारी रहेको छ। मृतकका आफन्तहरूले उचित क्षतिपूर्तिको माग गर्दै सडक नखोल्ने अडान लिएका छन्। घटना सम्वन्धि थप विवरण अाउन बाँकि रहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *