- बैशाख ११, २०८२
- No Comment
- 4
भेरी नदीमा बेपत्ता भएका पोख्रेलको शव निकालियो

सुर्खेत। सुर्खेतको सिम्ता गाउँपालिकास्थित भेरी नदीमा बेपत्ता भएका एक पुरुषको शव बिहीबार फेला परेको छ। सिम्ता–४ का ५८ वर्षीय गोविन्द पोख्रेलको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले ५० फिट गहिराइबाट निकालेको हो।
बुधबार दिउँसो मलामी गएका पोख्रेल पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका थिए। घटनापछि खोजी कार्यमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट खटिएको विशेष टोलीले बिहीबार दिउँसो उनको शव फेला पारेको हो।
प्रहरीका अनुसार पोख्रेल मलामीमा सहभागी हुन गएका बेला साथीहरू सँगै नदीमा नुहाउन गएका थिए। तर, पौडी खेल्ने क्रममा उनी बेपत्ता भएपछि तत्काल खोजी सुरु गरिएको थियो।
घटनास्थलमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र परिवारजनको उपस्थिति रहेको थियो। शव पोस्टमार्टमका लागि क्षेत्रीय अस्पताल सुर्खेत पठाइएको जनाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको बताएकाे छ।