• बैशाख ११, २०८२
  • No Comment
  • 167

भेरी नदीमा बेपत्ता भएका पोख्रेलको शव निकालियो

सुर्खेत। सुर्खेतको सिम्ता गाउँपालिकास्थित भेरी नदीमा बेपत्ता भएका एक पुरुषको शव बिहीबार फेला परेको छ। सिम्ता–४ का ५८ वर्षीय गोविन्द पोख्रेलको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले ५० फिट गहिराइबाट निकालेको हो।

बुधबार दिउँसो मलामी गएका पोख्रेल पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका थिए। घटनापछि खोजी कार्यमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट खटिएको विशेष टोलीले बिहीबार दिउँसो उनको शव फेला पारेको हो।

प्रहरीका अनुसार पोख्रेल मलामीमा सहभागी हुन गएका बेला साथीहरू सँगै नदीमा नुहाउन गएका थिए। तर, पौडी खेल्ने क्रममा उनी बेपत्ता भएपछि तत्काल खोजी सुरु गरिएको थियो।

घटनास्थलमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र परिवारजनको उपस्थिति रहेको थियो। शव पोस्टमार्टमका लागि क्षेत्रीय अस्पताल सुर्खेत पठाइएको जनाइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको बताएकाे छ।

सम्बन्धित खबर

Thunderstruck Trial Élvezd Trinocasino bejelentkezési probléma a 100%-ban ingyenes…

Blogok Trinocasino bejelentkezési probléma – Thunderstruck játék alternatívák és nyeremények Weboldal artista pressuroso HeroSpin Helyi kaszinó sobre Portugália Minden idők három…
कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि पार्टी अध्यक्ष प्रचण्डलाई एकल सिफारिस…

Navigating the Digital Casino: Your Beginner’s Guide to Yoyo…

So, you’re dipping your toes into the exciting world of online casinos in Sweden? Welcome! It’s a thrilling experience, but it’s…

Leave a Reply

Your email address will not be published. Required fields are marked *