• बैशाख ११, २०८२
  • No Comment
  • 176

काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी

काठमाडौं ।काठमाडौंको ढुंगेअड्डास्थित पिपलबोट नजिकै गुडिरहेको एक सार्वजनिक बसमा बुधबार दिउँसो अचानक आगलागी भएको छ। चन्द्रागिरी नगरपालिका–१५  स्थित कलंकीबाट थानकोटतर्फ जाँदै गरेको पाँचपोखरी यातायातको बा.१.ख ९७८६ नम्बरको बसमा आगो लागेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार आगलागी बसको इन्जिनबाट सुरु भएको हो। “सडकमा गुडिरहेको अवस्थामा बसको इन्जिनबाट अचानक आगो सल्किएको र बस पूर्ण रूपमा जलेर नष्ट भएको छ,” एसपी बोहराले जानकारी दिए।

यात्रुहरू समयमै सतर्क भएर बाहिर निस्किएका कारण कुनै पनि मानवीय क्षति भएको छैन। घटनाका बेला यात्रुहरू आत्तिएर झर्ने क्रममा स्थानीयहरूले सहयोग गरेका थिए।

चन्द्रागिरी नगरपालिकाको दमकल, पानी ट्यांकर, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा आगो नियन्त्रणमा लिइएको हो।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *