• बैशाख ३, २०८२
  • No Comment
  • 121

सिरहामा यौन दुर्व्यवहारमा परेकी २४ वर्षीया दलित महिला मृत अवस्थामा फेला

सिरहा। वैशाख ३ – सिरहामा चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी एक दलित महिला आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी छिन्।

सिरहा जिल्ला नवराजपुर गाउँपालिका–३, जगतपुर दोनवारी टोलकी २४ वर्षीया आनन्दी देवी सदाय मंगलबार साझ आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जानकारी दिएको छ।उनका श्रीमान वैदेशिक रोजगारीमा गएका कारण उनी दुई वर्षीया छोरीसहित माइतीघरमा बस्दै आएकी थिइन्।
चार महिना अघि, गत पुष ९ गते, आनन्दी देवी स्थानीय २२ वर्षीय संजीव कुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादव बाट यौन दुर्व्यवहारमा परेको आरोप लगाइएको थियो। पीडित परिवारका अनुसार सोही दिन दिदीलाई भेट्न बरियारपट्टी गाउँपालिका–१ जाँदै गर्दा ती दुई युवाले आनन्दीलाई उनीहरूले शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेका थिए । तर, नमान्दा जबर्जस्ती दुवै हात समातेर छेउकै आँप बगैंचामा लगेका थिए ।

ती दुईले बगैंचामै रहेको परालको थुप्रोमा लडाएर कपडा च्यात्दै जबर्जस्ती करणी गर्न खोजेका थिए । आनन्दी प्रतिकार गरी उम्केर रुँदै घर आइपुगेकी आमा बिल्टौनदेवी सदायले बताइन् ।

दुर्व्यवहारपछि उनी सोही दिन छोरीसहित इलाका प्रहरी कार्यालय महेशपुर पतारमा जाहेरी दिन गएकी थिइन्। तर, करिब अढाई महिनापछि मात्र, फागुन २५ गते जबर्जस्ती करणी उद्योगको अभियोगमा जाहेरी दर्ता गरिएको थियो।

यसबीचमा, पीडकलाई जोगाउन केही स्थानीय व्यक्तिहरूले मिलापत्र गर्न खोजेको आरोप समेत पीडित पक्षले लगाएका छन्।

फागुन २६ मा सिरहा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भए पनि हालसम्म आरोपीहरू फरार छन्। महेशपुर पतार प्रहरीका प्रमुख प्रहरी निरीक्षक रविनराज मैनालीका अनुसार, प्रहरी टोली आरोपितहरूको घरमा पुगे पनि उनीहरू फेला परेका छैनन्।

यस घटनाले न्यायको प्रत्याभूति, प्रहरी प्रशासनको भूमिका, र दलित महिलामाथि भइरहेको हिंसाप्रति राज्यसंयन्त्रको उदासीनतालाई लिएर व्यापक प्रश्न उठाएको छ।

आनन्दी देवीको शव लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *