• बैशाख ३, २०८२
  • No Comment
  • 86

सिरहामा यौन दुर्व्यवहारमा परेकी २४ वर्षीया दलित महिला मृत अवस्थामा फेला

सिरहा। वैशाख ३ – सिरहामा चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी एक दलित महिला आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी छिन्।

सिरहा जिल्ला नवराजपुर गाउँपालिका–३, जगतपुर दोनवारी टोलकी २४ वर्षीया आनन्दी देवी सदाय मंगलबार साझ आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जानकारी दिएको छ।उनका श्रीमान वैदेशिक रोजगारीमा गएका कारण उनी दुई वर्षीया छोरीसहित माइतीघरमा बस्दै आएकी थिइन्।
चार महिना अघि, गत पुष ९ गते, आनन्दी देवी स्थानीय २२ वर्षीय संजीव कुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादव बाट यौन दुर्व्यवहारमा परेको आरोप लगाइएको थियो। पीडित परिवारका अनुसार सोही दिन दिदीलाई भेट्न बरियारपट्टी गाउँपालिका–१ जाँदै गर्दा ती दुई युवाले आनन्दीलाई उनीहरूले शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेका थिए । तर, नमान्दा जबर्जस्ती दुवै हात समातेर छेउकै आँप बगैंचामा लगेका थिए ।

ती दुईले बगैंचामै रहेको परालको थुप्रोमा लडाएर कपडा च्यात्दै जबर्जस्ती करणी गर्न खोजेका थिए । आनन्दी प्रतिकार गरी उम्केर रुँदै घर आइपुगेकी आमा बिल्टौनदेवी सदायले बताइन् ।

दुर्व्यवहारपछि उनी सोही दिन छोरीसहित इलाका प्रहरी कार्यालय महेशपुर पतारमा जाहेरी दिन गएकी थिइन्। तर, करिब अढाई महिनापछि मात्र, फागुन २५ गते जबर्जस्ती करणी उद्योगको अभियोगमा जाहेरी दर्ता गरिएको थियो।

यसबीचमा, पीडकलाई जोगाउन केही स्थानीय व्यक्तिहरूले मिलापत्र गर्न खोजेको आरोप समेत पीडित पक्षले लगाएका छन्।

फागुन २६ मा सिरहा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भए पनि हालसम्म आरोपीहरू फरार छन्। महेशपुर पतार प्रहरीका प्रमुख प्रहरी निरीक्षक रविनराज मैनालीका अनुसार, प्रहरी टोली आरोपितहरूको घरमा पुगे पनि उनीहरू फेला परेका छैनन्।

यस घटनाले न्यायको प्रत्याभूति, प्रहरी प्रशासनको भूमिका, र दलित महिलामाथि भइरहेको हिंसाप्रति राज्यसंयन्त्रको उदासीनतालाई लिएर व्यापक प्रश्न उठाएको छ।

आनन्दी देवीको शव लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *