• चैत्र ३१, २०८१
  • No Comment
  • 82

सनराइजर्स हैदरावादको ऐतिहासिक जित, पञ्जाब किङ्ग्स ८ विकेटले पराजित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत आइतबार भएको खेलमा सनराइजर्स हैदरावादले पञ्जाब किङ्ग्समाथि ऐतिहासिक जित दर्ता गरेको छ। पञ्जाबले दिएको २४६ रनको विशाल लक्ष्य हैदरावादले मात्र १८.३ ओभरमै २ विकेट गुमाउँदै पुरा गर्दै ८ विकेटको प्रभावशाली जित हात पारेको हो।

हैदरावादको जितमा ओपनर अभिषेक शर्माले विस्फोटक शतकीय इनिङ खेले। उनले मात्र ५२ बलमा १४१ रन बनाउँदै टीमलाई जितको आधार तयार गरिदिए। ट्राभिस हेडले पनि ६६ रनको योगदान दिए। पञ्जाबका बलरहरूमध्ये अर्शदीप सिंह र युजवेन्द्र चहलले समान १–१ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाब किङ्ग्सले ६ विकेटको क्षतिमा २४५ रनको चुनौतीपूर्ण योगफल बनाएको थियो। पञ्जाबका लागि श्रेयस अय्यरले सर्वाधिक ८२ रन बनाए, जबकि प्रभसिमरन सिंहले ४२, प्रियान्श आर्यले ३६, र मार्कस स्टोइनिसले ३४ रन बनाएर योगदान दिए।

हैदरावादका बलर हर्षल पटेलले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए भने इशान मालिङ्गाले २ विकेट हात पारे।

यो जितसँगै हैदरावादले ६ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ। पञ्जाब भने ५ खेलमा ६ अंकसहित छैटौं स्थानमा छ।

आइतबारकै पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई ६ विकेटले हराएको छ। गुजरातले दिएको १८१ रनको लक्ष्य लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउँदै सहजै पूरा गर्‍यो।

यस जितसँगै गुजरात ६ खेलमा ८ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने लखनउ पनि समान खेलमा ८ अंकसहित तेस्रो स्थानमा पुगेको छ।

आईपीएल २०२५ का रोमाञ्चक खेलहरूबाट दर्शक झन् उत्साहित हुँदै गएका छन्। टिमहरूको लगातार प्रदर्शनले शीर्ष चार स्थानका लागि प्रतिस्पर्धा अझ कडा हुँदै गएको देखिन्छ।

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *