• चैत्र २०, २०८१
  • No Comment
  • 2

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा संयुक्त बहस जारी छ। मंगलबारदेखि न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा भइरहेको सुनुवाइ हिजो नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।

घिसिङले आफूलाई कार्यकाल नसकिँदै पदबाट हटाइएको भन्दै अन्तरिम आदेश माग गरेका छन्। त्यस्तै, शाक्यले आफूलाई हटाएर घिसिङलाई नियुक्त गरिएको निर्णय नै गलत भएको दाबी गर्दै आफ्नो रिटलाई प्राथमिकता दिन माग गरेका छन्।

सर्वोच्चको फैसलाले नेपाल विद्युत् प्राधिकरणको नेतृत्व कसको हातमा रहने भन्ने विषय तय गर्नेछ।

सम्बन्धित खबर

अछाममा मासु घाँटीमा अड्किएर एक व्यक्तिको मृत्यु

अछाममा मासु घाँटीमा अड्किएर एक व्यक्तिको मृत्यु

अछाम। अछाम जिल्लामा मासु घाँटीमा अड्किएर एक व्यक्तिको ज्यान गएको छ। साँफेबगर नगरपालिका–५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको…
आन्दोलनका नाममा अराजकता मच्चाउनु गलत कुरा हाे : युवानेता भुपेन्द्रजंग शाही

आन्दोलनका नाममा अराजकता मच्चाउनु गलत कुरा हाे : युवानेता…

आन्दोलनका नाममा अराजकता मच्चाउनु गलत कुरा हो। आन्दोलनको नाममा चोरि, डकैती र लुटपिट मच्चाउने जोसुकै भएपनि कानुनी दायरामा आउनै पर्छ। दोषी…
जाजरकोटमा पुन : भुकम्प, ३ जना घाइते

जाजरकोटमा पुन : भुकम्प, ३ जना घाइते

जाजरकोट। जाजरकोटमा पुन :  भुकम्प गएको छ । शुक्रबार बलुका ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेट ५.५…

Leave a Reply

Your email address will not be published. Required fields are marked *