• चैत्र १९, २०८१
  • No Comment
  • 184

कर्णालीमा विषादी प्रयोग नियन्त्रण: ७१८ वडा वर्गीकृत

सुर्खेत – कर्णाली प्रदेश सरकारले विषादी प्रयोगलाई नियन्त्रण गर्न ७१८ वडालाई वर्गीकरण गर्दै कडाई गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार १९५ वडालाई हरियो, ४४६ वडालाई पहेँलो, ५५ वडालाई रातो, दुई वडालाई रातो र हरियो तथा बाँकी वडालाई हरियो र पहेँलो क्षेत्रमा वर्गीकरण गरिएको छ।

 हरियो क्षेत्रलाई पूर्ण प्राङ्गारिक (अग्र्यानिक) मानिएको छ, पहेँलो क्षेत्र सामान्य विषादी प्रयोग गरिने क्षेत्र हो भने रातो क्षेत्रलाई चिन्ताजनक रूपमा लिइएको छ। मन्त्रालयले भविष्यमा सम्पूर्ण वडालाई पूर्ण प्राङ्गारिक बनाउने योजना अघि सारेको छ।

  कर्णाली प्रदेशमा माटोमा अम्लीयपन बढ्दै गएकाले उत्पादन शक्ति कमजोर भएको निष्कर्ष निकालिएको छ। एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख एवं वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायका अनुसार माटोको स्वास्थ्य सुधार गर्न जैविक विषादीको प्रयोगलाई प्राथमिकता दिनुपर्ने देखिएको छ।

 साविक कर्णाली क्षेत्रका कालीकोट, जुम्ला, हुम्ला, मुगु, र डोल्पामा रासायनिक विषादीको प्रयोगमा रोक लगाइए पनि लुकीछिपी यसको प्रयोग र बिक्रीवितरण भइरहेको पाइएकाे छ। जुम्ला र कालीकोटमा गरिएको अध्ययन अनुसार किसानहरूले अझै पनि रासायनिक विषादीको प्रयोग गरिरहेको पुष्टि भएको छ।

चालु आर्थिक वर्षमा १० वटा शिविर सञ्चालन गरेर माटोको उपचार गर्ने लक्ष्य राखिएको छ। हालसम्म दुई वटा शिविर सम्पन्न भइसकेका छन्। प्रदेशका प्रत्येक जिल्लामा असार मसान्तभित्र एउटा माटो शिविर सम्पन्न गर्ने योजना रहेको वरिष्ठ कृषि अर्थविज्ञ रोकायले जानकारी दिए।

माटो शिविरमा नाइट्रोजनलगायतका तत्वहरूको जाँच गरिन्छ। तर, प्रयोगशालाका लागि उपकरण र सवारीसाधन भए पनि चालकको दरबन्दी नभएकाले सबै क्षेत्रमा माटो परीक्षण सेवा विस्तार गर्न कठिन भइरहेको छ।

 

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *