• चैत्र २१, २०८१
  • No Comment
  • 100

प्रधानमन्त्री केपी ओली र श्रीलंकाका प्रधानमन्त्री अमरासुरियाबीच भेटवार्ता

काठमाडौँ । बङ्गालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन बैंकक पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रमहरू सकिएपछि प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आएका अन्य सदस्य राष्ट्रका नेताहरूसँग साइडलाइन वार्तामा व्यस्त रहेका छन्। यसै क्रममा आज श्रीलंकाका प्रधानमन्त्री अमरासुरियासँग भेटवार्ता भएको हो।

भेटवार्तामा नेपाल र श्रीलंकाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ। साथै, आपसी हितका विविध विषयमा पनि दुवै नेताले विचारविमर्श गरेका छन्।

भेटवार्तामा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायतका उच्च अधिकारीहरू सहभागी थिए।

बिमस्टेक शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओली अन्य सदस्य राष्ट्रका प्रमुखहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *