• चैत्र २१, २०८१
  • No Comment
  • 151

पत्रकार महासंघ सुर्खेतको सुचना अधिकारीमा खड्का

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतको सुचना अधिकारीकाे जिम्मेवारी सुशील खड्कालाई दिइएकाे छ । शाखाका अध्यक्ष सुशीलराज शर्माको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले खड्कालाई सुचना अधिकारी बनाउने निर्णय गरेको हो ।

पत्रकार महासंघ केन्द्रको सर्कुलर अनुसार खड्कालाई सुचना अधिकारी तोकिएको नेपाल पत्रकार महासंघकाे निर्णयमा उल्लेख छ। महासंघका हरेक गतिविधिलाई सार्वजनिक गर्ने जिम्मवारी दिन खड्कालाई सूचना अधिकारी ताेकिएकाे अध्यक्ष शर्माले बताए । खड्का नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्षसमेत हुन् ।

कार्यसमिति बैठकले चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा काठमाडौँको तीनकुनेमा भएको भवन आगलागीमा परेका मृतक पत्रकार सुरेश रजकको शोक प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित खबर

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

२४ कात्तिक । नेपालको कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रलाई संस्थागत रूप दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको…
स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत – प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिसँग दुई दिने…
बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

काठमाडौँ – आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना छोरालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१५, किमडोल बस्ने गोरखा चुमनुब्री…

Leave a Reply

Your email address will not be published. Required fields are marked *