• चैत्र १५, २०८१
  • No Comment
  • 202

सुर्खेतको चौकुने गाउँपालिका वडा न ५ हडाकाँधमा हरी बि सी को घरमा आगलागी

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका वडा न ५ हडाकाँधमा हरी बि सी को घरमा आगलागी भएको छ ।काठ, ढुङ्गा, माटो र खरले बनेको १ तले घरमा दिउँसो करिब ३ बजेतिर आगलागी भएको हो ।

आगलागीबाट घरभित्र रहेको लत्ता-कपडा, अन्नपात भाँडाबर्तन , मौरीको घार र ७० हजार नगद रुपैयाँ जलि नष्ट भएको वडा न ५ का वडा सदस्य तपेन्द्र बुढा क्षेत्रीले जानकारी दिनु भएको छ । स्थानीय बासिन्दा तथा चौकुने गाउँपालिका वडा न ५ का वडा सदस्य तपेन्द्र बुढा क्षेत्रीको पहलमा आगलागी नियन्त्रणमा लिएको छ ।

सोलारको ब्याट्रीबाट आगलागी भएको वडा सदस्य वुढा क्षेत्रीले बताउनुभएको छ । आगालागीको विषयमा ईलाका प्रहरी कार्यालय गुटुमा जानकारी दिई सकेको र थप आवश्यक अनुसन्धान गरिने बताउनु भएको छ।

सम्बन्धित खबर

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

काठमाडौँ । रामजी यादवका सवारी चालक मुस्तकिम आलम अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पक्राउ…
५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *