• चैत्र १३, २०८१
  • No Comment
  • 109

बझाङमा भ्रष्टाचार मुद्दा: पूर्व अध्यक्षसहित ७ जनाविरुद्ध कारबाही

बझाङ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

आरोपितहरूमा तत्कालीन अध्यक्ष रोकायासहित वडाध्यक्ष भीमबहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, प्राविधिक असिस्टेन्ट जनक थापा मगर, लेखापाल मदनराज जोशी र उपभोक्ता समिति अध्यक्ष शमशेर रोकाया रहेका छन्।

अख्तियारका अनुसार उनीहरूले सिम्लका घट्ट सिंचाई कुलो निर्माण योजनाको काम बिना नै भुक्तानी लिएर अनियमितता गरेका थिए। आर्थिक वर्ष २०७६/७७ मा कार्य सम्पन्न देखाइ आर्थिक वर्ष २०७७/७८ मा समेत रकम भुक्तानी लिएर भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

अख्तियारले उनीहरुविरुद्ध जनही १४ लाख ८ हजार ८१७ रुपैयाँ बिगो कायम गरेको छ।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *