- चैत्र १२, २०८१
- No Comment
- 52
भरतपुर विद्युत प्राधिकरण प्रमुखमाथि कुटपिट

नेकपा (एमाले) का कार्यकर्ताहरुले नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट गरेका छन्। मंगलबार बिहान प्राधिकरणको डिजिटल बोर्डमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको नारा डिस्प्ले भएपछि उनीहरू आक्रोशित भएका थिए।
डिजिटल बोर्डमा ‘केपी… देश छोड’ भन्ने नारा देखिएको थियो। सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेपछि उक्त नारा डिस्प्ले भएको बताइएको छ।
एमाले निकट युवासंघका नेता तथा कार्यकर्ताहरूले कार्यालयमा प्रवेश गरी श्रेष्ठमाथि हातपात गरेका छन् भने कार्यालयमा तोडफोड समेत गरेका छन्।