• चैत्र ८, २०८१
  • No Comment
  • 27

पोर्चुगलविरुद्ध डेनमार्कको महत्त्वपूर्ण जित

युइएफए नेसन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा डेनमार्कले पोर्चुगललाई पराजित गर्दै महत्त्वपूर्ण जित हात पारेको छ।

गएराति सम्पन्न खेलमा डेनमार्कले पोर्चुगललाई १-० गोल अन्तरले हराएको हो। खेलको ७८औं मिनेटमा रोसमस होजलुन्डले गरेको गोल नै निर्णायक बन्यो। गोल गरेपछि होजलुन्डले आफ्ना आइडल क्रिस्टियानो रोनाल्डोकै अगाडि उनको चर्चित सेलिब्रेसन गर्दै उत्सव मनाएका थिए।

खेलको २४औं मिनेटमा डेनमार्कका क्रिस्टियन इरिक्सनले पेनाल्टी मिस गरेका थिए, जसका कारण खेलको सुरुवाती लय डेनमार्कका लागि चुनौतीपूर्ण बनेको थियो।

अब क्वाटरफाइनलको दोस्रो लिग मार्च २३ मा पोर्चुगलको घरेलु मैदानमा खेलिनेछ।

अन्य क्वाटरफाइनल खेलहरूमा, नेदरल्याण्ड्स र स्पेनले २-२ गोलको बराबरी खेलेका छन् भने जर्मनीले इटालीलाई २-१ गोल अन्तरले पराजित गरेको छ।

सम्बन्धित खबर

वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट ७२ वर्षीया वृद्धा गम्भीर घाइते

वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट ७२ वर्षीया वृद्धा गम्भीर घाइते

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट एक ७२ वर्षीया वृद्धा गम्भीर घाइते भएकी छन् । दैलेखको भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर…
वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको…
उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *