• बैशाख २६, २०८२
  • No Comment
  • 15

वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट ७२ वर्षीया वृद्धा गम्भीर घाइते

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट एक ७२ वर्षीया वृद्धा गम्भीर घाइते भएकी छन् । दैलेखको भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर बसोबास गर्दै आएकी तुलसी जैशी शुक्रवार अपराह्न बजारको मूलपानी चोक नजिकै जेब्राक्रसिङबाट बाटो काट्ने क्रममा दुर्घटनामा परेकी हुन्।

वीरेन्द्रनगर बजारदेखि बाँगेसिमलतर्फ जाँदै गरेको भे १ ख १९३६ नम्बरको ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए।

ठक्करपछि घाइते भएकी जैशीकाे  प्रदेश अस्पताल सुर्खेतमा  उपचार  भइरहेकाे  छ र हाल उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक चालक फरार भएका छन् र उनको खोजी भइरहेकाे  प्रहरीले जनाएकाे छ।

सम्बन्धित खबर

घरेलु विधिबाट दूधको शुद्धता कसरी चिन्ने ? हेर्नुहाेस

घरेलु विधिबाट दूधको शुद्धता कसरी चिन्ने ? हेर्नुहाेस

काठमाडौँ । बजारमा पाइने दूधको गुणस्तरप्रति व्यापक आशंका व्यक्त भइरहेका बेला विज्ञ तथा उपभोक्ता अधिकारकर्मीहरूले घरमै दूधको शुद्धता परीक्षण गर्ने सजिला…
प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी…
‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट…

काठमाडौँ । ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतीले स्वीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री…

Leave a Reply

Your email address will not be published. Required fields are marked *