• चैत्र ७, २०८१
  • No Comment
  • 146

आजदेखि एसइई परीक्षा सुरू

काठमाडौं, चैत ७ – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर एकैसाथ सुरू हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा सञ्चालनका सबै तयारी पूरा भइसकेका छन्।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार यस वर्ष पाँच लाख १४ हजार ७१ विद्यार्थीले परीक्षा दिने छन्। गत वर्षको तुलनामा यसवर्ष ४९ हजार २८६ जना बढी विद्यार्थी सहभागी हुँदैछन्।

देशभर परीक्षा सञ्चालनका लागि दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएका छन्। परीक्षामा १५० जनासम्म परीक्षार्थी भएका केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष तोकिएका छन् भने २० विद्यार्थी बराबर एक जना निरीक्षक रहने छन्। ७५ जनाभन्दा कम परीक्षार्थी भएका केन्द्रमा सहायक केन्द्राध्यक्ष नरहने व्यवस्था गरिएको छ।

यसपटक कारागार र बाल सुधार गृह गरी तीन परीक्षा केन्द्र समेत तोकिएको छ। काठमाडौँ र दैलेखका कारागार तथा भक्तपुरको बाल सुधार गृहमा रहेका विद्यार्थीले पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ।

परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ। चैत ८ गते अनिवार्य नेपाली, चैत १० गते अनिवार्य गणित, चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि, चैत १३ गते अनिवार्य सामाजिक, चैत १४ गते ऐच्छिक प्रथम र चैत १५ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन गरिनेछ।

नतिजा लेटर ग्रेडिङ प्रणालीमै सार्वजनिक गरिनेछ। सरकारले यस वर्षको परीक्षा उतिर्ण प्रतिशत ७० पुर्‍याउने लक्ष्य राखेको छ। गत वर्ष ४८ प्रतिशत विद्यार्थी मात्रै उतिर्ण भएकाले सबैलाई पुरक परीक्षा दिन पाउने अवसर दिइएको थियो।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *