• फाल्गुन २२, २०८१
  • No Comment
  • 76

अमेरिकी सहयोग रकम र खर्चबारे श्वेतपत्र जारी गर्न सांसद खतिवडाको माग

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोग रकमको पारदर्शिता सुनिश्चित गर्न सरकारसँग श्वेतपत्र जारी गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद खतिवडाले अमेरिकाबाट प्राप्त सहयोग रकम नेपालमा कति आएको छ, कसरी खर्च भएको छ र यसको पारदर्शिता कति छ भन्नेबारे स्पष्ट जानकारी आवश्यक रहेको बताएका हुन् ।

“यस्तो रकम कति नेपालमा आएको हो र क-कसले प्रयोग गरे? नेपाल सरकार वा अर्थ मन्त्रालयले यसबारे श्वेतपत्र जारी गर्नुपर्छ,” उनले संसदमा भने ।

खतिवडाले नेपालमा प्रवेश गरेका गैरसरकारी संस्था (एनजिओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजिओ) मार्फत आएको रकमको हिसाब-किताब पनि सार्वजनिक हुनुपर्ने माग गरे । उनले सहयोग रकम दुरुपयोग भएको भन्ने चर्चा पटक–पटक उठ्ने गरेको भन्दै नेपाल सरकारलाई यसबारे स्पष्ट जानकारी सार्वजनिक गर्न आग्रह गरे ।

उनले नेपाललाई बदनाम गर्ने गरी विभिन्न भ्रम फैलाउने कार्य भइरहेको दाबी गर्दै सत्यतथ्य बाहिर ल्याउन श्वेतपत्रको आवश्यकता रहेको बताए । सांसद खतिवडाको मागसँगै सरकारको औपचारिक प्रतिक्रिया आउन बाँकी छ ।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *