• फाल्गुन २२, २०८१
  • No Comment
  • 116

अमेरिकी सहयोग रकम र खर्चबारे श्वेतपत्र जारी गर्न सांसद खतिवडाको माग

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोग रकमको पारदर्शिता सुनिश्चित गर्न सरकारसँग श्वेतपत्र जारी गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद खतिवडाले अमेरिकाबाट प्राप्त सहयोग रकम नेपालमा कति आएको छ, कसरी खर्च भएको छ र यसको पारदर्शिता कति छ भन्नेबारे स्पष्ट जानकारी आवश्यक रहेको बताएका हुन् ।

“यस्तो रकम कति नेपालमा आएको हो र क-कसले प्रयोग गरे? नेपाल सरकार वा अर्थ मन्त्रालयले यसबारे श्वेतपत्र जारी गर्नुपर्छ,” उनले संसदमा भने ।

खतिवडाले नेपालमा प्रवेश गरेका गैरसरकारी संस्था (एनजिओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजिओ) मार्फत आएको रकमको हिसाब-किताब पनि सार्वजनिक हुनुपर्ने माग गरे । उनले सहयोग रकम दुरुपयोग भएको भन्ने चर्चा पटक–पटक उठ्ने गरेको भन्दै नेपाल सरकारलाई यसबारे स्पष्ट जानकारी सार्वजनिक गर्न आग्रह गरे ।

उनले नेपाललाई बदनाम गर्ने गरी विभिन्न भ्रम फैलाउने कार्य भइरहेको दाबी गर्दै सत्यतथ्य बाहिर ल्याउन श्वेतपत्रको आवश्यकता रहेको बताए । सांसद खतिवडाको मागसँगै सरकारको औपचारिक प्रतिक्रिया आउन बाँकी छ ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *