• फाल्गुन २०, २०८१
  • No Comment
  • 123

मोरङमा युवा–युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

मोरङको पथरीशनिश्चरे–५ मा एक युवक र युवती एउटै रुखको हाँगामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। मृतकहरूमा मोरङका अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जाबुमुनी हस्दा रहेका छन्।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार बक्राहा खोलाको किनारमा रहेको पिठारीको रुखमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनीहरू फेला परेका हुन्। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी अनुसन्धानका अनुसार अजय र जाबुमुनी विवाहेत्तर सम्बन्धमा रहेको खुल्न आएको छ। अजयका श्रीमती र दुई छोरा छन् भने जाबुमुनीको विवाह मोरङकै कटहरी गाउँपालिकामा भएको थियो। उनका पति कान्छा टुडू वैदेशिक रोजगारीका लागि विदेशमा छन्।

घटनास्थल अजयको घरदेखि करिब एक किलोमिटर दक्षिण पर्छ। प्रहरीले घटनाका सबै पक्षलाई ख्याल गर्दै थप अनुसन्धान अगाडि बढाएको छ।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *