- फाल्गुन २०, २०८१
- No Comment
- 21
आजको मौसम : कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा, उच्च पहाडमा हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली देखिएको छ भने लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा भने मौसम सफा रहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कर्णाली, सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ । बाँकी भू-भागमा आंशिक बदली रहनुका साथै मुख्यतया मौसम सफा रहनेछ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना छ । साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा पनि हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै तापक्रम गिरावटका कारण चिसो बढ्न सक्ने जनाइएको छ ।