• भदौ १४, २०८२
  • No Comment
  • 57

सक्रिय मनसुनसँगै विभिन्न प्रदेशमा वर्षाको सम्भावना

मनसुन सक्रिय रहेसँगै देशका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतर्फ र पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ। यसका कारण अहिले देशभर सामान्यतया बदली देखिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो पनि देशभर सामान्य बदली रहने अनुमान गरिएको छ। यस क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। त्यस्तै, बागमती, गण्डकीलगायतका अन्य पहाडी भूभागका केही स्थान र तराईका एक–दुई स्थानमा समेत वर्षा हुने सम्भावना छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षा पर्न सक्ने विभागले जनाएको छ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *