• फाल्गुन १९, २०८१
  • No Comment
  • 93

ग्रीन टीका १० चमत्कारिक फाइदा

ग्रीन टी पिउने प्रचलन दिन प्रतिदिन बढ्दै गइरहेको छ। स्वास्थ्यप्रेमीहरूका लागि यो चिया मात्र नभई औषधीय गुणयुक्त पेयको रूपमा समेत लोकप्रिय बन्दै गएको छ। विभिन्न अध्ययनहरूले ग्रीन टीले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने पुष्टि गरेका छन्।

विशेषगरी भारत र चीनमा प्राचीनकालदेखि नै ग्रीन टीको प्रयोग औषधिको रूपमा हुँदै आएको पाइन्छ। यसले रगत रोक्ने, घाउ निको पार्ने, पाचन प्रणालीलाई मजबुत पार्ने, मुटु तथा मानसिक स्वास्थ्य सुधार गर्ने र शरीरको तापक्रम नियन्त्रण गर्ने काम गर्छ। पछिल्ला अनुसन्धानहरूले ग्रीन टीको सेवनले तौल घटाउने, कलेजोको समस्या समाधान गर्ने तथा टाइप-२ डायबेटिज नियन्त्रण गर्ने पुष्टि गरेका छन्।

विशेषज्ञहरूका अनुसार ग्रीन टीमा पाइने पोलिफेनल तत्वले क्यान्सरको जोखिमसमेत कम गर्छ। स्तन, ब्लाडर, पाठेघर, फोक्सो, प्रोस्टेट, छाला तथा पेटको क्यान्सर रोकथाम गर्न ग्रीन टी प्रभावकारी देखिएको छ।

ग्रीन टी सेवन गर्दा पाइने १० प्रमुख फाइदाहरू:

  1. आँखाको ज्योति बढाउँछ – ग्रीन टीले आँखाको स्वास्थ्यमा सुधार ल्याउँछ र दृष्टि तेज बनाउँछ।
  2. कोलेस्ट्रोल कम गर्छ – शरीरमा कोलेस्ट्रोलको मात्रा घटाई मुटु रोगको सम्भावना कम गर्छ।
  3. दाँत र गिजाको रक्षा गर्छ – ग्रीन टीले दाँतलाई स्वस्थ राख्दै गिजामा संक्रमण हुनबाट जोगाउँछ।
  4. मस्तिष्कलाई सक्रिय बनाउँछ – ग्रीन टीले दिमागको कार्यक्षमता बढाउँछ र स्मरणशक्ति तेज बनाउँछ।
  5. क्यान्सर रोकथाममा सहयोगी – शरीरका विभिन्न भागमा हुने क्यान्सरको सम्भावना कम गर्छ।
  6. बुढ्यौली ढिलो ल्याउँछ – अल्जाइमर र पार्किन्सन जस्ता रोगको सम्भावना कम गर्छ।
  7. तौल घटाउन मद्दत गर्छ – ग्रीन टीले शरीरमा बोसो जलाउने प्रक्रियालाई तीव्र बनाउँछ।
  8. आयु लम्ब्याउँछ – नियमित रूपमा ग्रीन टी पिउँदा जीवनको आयु लम्बिने सम्भावना बढ्छ।
  9. रक्तचाप र मधुमेह नियन्त्रणमा प्रभावकारी – उच्च रक्तचाप र मधुमेह घटाउन मद्दत गर्छ।
  10. मानसिक तनाव कम गर्छ – यसले एन्टी भाइरल र एन्टी ब्याक्टेरियलको काम गरी तनाव कम गर्न मद्दत गर्छ।

सम्बन्धित खबर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष माग

काठमाडौं — भूमिहीन तथा सुकुम्वासीको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक…
अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम र बझाङमा जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

अछाम/बझाङ — जबरजस्ती करणी गरेको अभियोगमा अछाम र बझाङबाट दुई जना पक्राउ परेका छन्। अछामको ढकारी गाउँपालिका–२ बलातीबाडा कालिकास्थानका १९ वर्षीय…
पूर्वसांसद ग्लानले त्यागे माओवादी

पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *