• फाल्गुन १५, २०८१
  • No Comment
  • 186

सहारा इङ्गलिस मिडियम स्कुलद्वारा शिवरात्रि विशेष लागुपदार्थ दुर्व्यसन सचेतना तथा प्रतिज्ञा हस्ताक्षर अभियान सम्पन्न

गुर्भाकोट, सुर्खेत – शिवरात्रिको अवसरमा सहारा इङ्गलिस मिडियम स्कुल, गुर्भाकोट-९ द्वारा आयोजित लागुपदार्थ दुर्व्यसन सचेतना तथा प्रतिज्ञा हस्ताक्षर अभियान भव्य रूपमा सम्पन्न भएको छ। यस अभियानको उद्देश्य समाजमा लागुपदार्थको प्रयोग रोकथाम गर्न जनचेतना फैलाउनु र युवाहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु रहेको थियो।

गुर्भाकोट नगरपालिका क्षेत्रका प्रमुख मन्दिरहरूमा सञ्चालन गरिएको यो अभियान विद्यालयका सञ्चालक तथा प्याब्सन सुर्खेतका वरिष्ठ उपाध्यक्ष हरिलाल खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। शिवरात्रिको अवसरमा मन्दिरहरूमा उल्लेखनीय संख्यामा भक्तजनको उपस्थिति रहँदा, विद्यालयले समाजमा सकारात्मक संदेश प्रवाह गर्ने प्रयासस्वरूप यो अभियान सञ्चालन गरेको हो।

अभियान अन्तर्गत खटाङ मन्दिर, वहोम कारेश्वर शिव मन्दिर (बोटेचौर), शिव मन्दिर (गोकुलपुर मेहलकुन) तथा आपसोती शिव मन्दिरमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएकाे थियाे । कार्यक्रममा सहभागीहरूले लागुपदार्थ दुर्व्यसनका असरबारे विस्तृत जानकारी लिँदै सचेत बन्ने प्रतिबद्धता जनाए।

प्रतिज्ञा हस्ताक्षर अभियानअन्तर्गत करिब २५०० जनाले हस्ताक्षर गर्दै लागुपदार्थ मुक्त समाज निर्माणको लागि आफ्नो समर्थन जनाएका छन्। उपस्थित सहभागीहरूले समाज सुधारका लागि यस्ता अभियानहरूको निरन्तरताको आवश्यकता औंल्याएका छन्।

कार्यक्रममा गुर्भाकोट नगरपालिका उपप्रमुख मैना विक, वडा नं. ७, ८, ९ का अध्यक्षहरू, अस्थायी प्रहरी पोस्ट बोटेचौरका प्रमुख जे.बी. खड्का, सम्पूर्ण मन्दिर व्यवस्थापन समिति, विद्यालयका निमित्त प्रधानाध्यापक प्रेम पुन, विद्यालयका शिक्षकहरू तथा विद्यार्थी स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभाध्यक्ष हरिलाल खड्काले कार्यक्रममा बोल्दै युवाहरूमा लागुपदार्थ दुर्व्यसनको बढ्दो प्रयोग गम्भीर चिन्ताको विषय भएको बताए। उनले समाजलाई सकारात्मक दिशामा अघि बढाउन यस्ता सचेतनामूलक कार्यक्रमहरूको आवश्यकता रहेको बताउँदै विद्यालयले आगामी दिनमा पनि यस्ता अभियानहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रमको समापनमा सहभागी सबैले स्वस्थ जीवनशैली अपनाउने, लागुपदार्थबाट टाढा रहने र अरूलाई पनि सचेत गराउने प्रतिबद्धता जनाएका छन्। आयोजकहरूका अनुसार यस्ता अभियानहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

सम्बन्धित खबर

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…
अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३…

धनगढी । अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *