• फाल्गुन १४, २०८१
  • No Comment
  • 97

  माैसमी पुर्वानुमान : तीन प्रदेशमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

 हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले केही स्थानमा मौसम परिवर्तन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

यसैगरी, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।


आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। साथै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।


मौसम पूर्वानुमान महाशाखाले चट्याङसहितको वर्षा र हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी चट्याङबाट जोगिन सुरक्षित स्थानमा बस्न, हावाहुरीको समयमा खुला क्षेत्रमा नजान र हिमपात प्रभावित क्षेत्रमा सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ।

सम्बन्धित खबर

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

जाडो मौसममा तिलका परिकार सेवनका ७ प्रमुख फाइदा

मुटुरोगदेखि क्यान्सरसम्म रोकथाममा उपयोगी जाडो मौसम सुरु हुनेबित्तिकै तिलका परिकारको माग बढ्ने गर्दछ। सामान्यतया स्वादका लागि प्रयोग गरिने तिल वास्तवमै स्वास्थ्यका…
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *