- फाल्गुन १३, २०८१
- No Comment
- 23
कोठामा अचेत भेटिएका मन्त्रीका स्वकीय सचिव रवि थापाको निधन

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ।
धादिङको धुनीबेसी नगरपालिका–९ घर भएका ३६ वर्षीय थापा काठमाडौंको कलंकीस्थित साथीको कोठामा अचेत अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएको थियो, जहाँ सोमबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
थापा धुनीबेसी नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१४ लिगमार्गस्थित कलंकीमा कोठा लिएर बसेका शिव कुँवरको कोठामा अचेत अवस्थामा फेला परेका थिए। घटनापछि उनलाई तत्काल अस्पताल पुर्याइए पनि उपचारकै क्रममा निधन भएको हो।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। उनको मृत्युको कारणबारे अनुसन्धानपछि थप जानकारी आउने प्रहरीले बताइएको छ।