• फाल्गुन १३, २०८१
  • No Comment
  • 43

नवलपरासी पश्चिममा झडप: प्रहरीको गाडी जलाइयो, १५ घाइते

नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई समूहबीचको झडप नियन्त्रण गर्न पुगेको प्रहरीको गाडी जलाइएको छ।

लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीका अनुसार झडपपछि स्थिति नियन्त्रण गर्न गएका प्रहरीमाथि आक्रमण हुँदा भ्यान जलाइएको हो। घटना नियन्त्रणका लागि रुपन्देहीबाट थप ५० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आज बिहान ९ बजे भएको झडपमा प्रहरीसहित करिब १५ जना घाइते भएका छन्। विवादको सुरुवात तीन महिना अघि भागी विवाह भएको घटनाबाट भएको थियो। त्यसपछि पटक-पटक झडप हुँदै आएकोमा सोमबार राति पुनः कुटपिट भएपछि अवस्था तनावग्रस्त बनेको थियो।

हाल स्थिति नियन्त्रणमा रहेको र छलफल भइरहेको वडाध्यक्ष गोधन प्रसाद हरिजनले जानकारी दिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको…
उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा…
युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

दैलेख। युनिसेफ नेपाल को आर्थिक सहयोगमा नारायण नगरपालिका दैलेखको आयोजनामा नारायण नगरपालिका १ को वडा कार्यालयमा कार्यशाला गोष्ठी गरिएको छ। बिहिबार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *