- फाल्गुन १३, २०८१
- No Comment
- 21
कोशी र गण्डकीका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। साथै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।
हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविद्हरूले बताएका छन्। यसका कारण विशेष गरी पहाडी क्षेत्रमा बदली र हल्का वर्षा हुने सम्भावना रहेको छ।