• फाल्गुन १२, २०८१
  • No Comment
  • 100

बराहताल गाउँपालिकाको वडा नम्बर ५ को  भवन उद्घाटन

बराहताल गाउँपालिकाकाे ५ नम्बर वडा कार्यालयकाे भवन उद्घाटन गरिएकाे छ । बड्डीचौरमा निर्माण गरिएकाे भवनको कर्णालीका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरेका हुन् । भवन निर्माणका लागि आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत संघ सरकारबाट ५० प्रतिशत र बराहताल गाउँपालिकाकाे ५० प्रतिशत समपुरक गरी एक करोड ३० लाख बजेट विनियोजन गरिएको थियो।

ठेक्कामार्फत निर्माण गरिएकाे भवन ७४ लाख ९७ हजार ५७७ रुपैयाँमा २०७८ चैत्र १० गतेबाट निर्माण शुरू गरिएकाे हाे । भवनकाे पहिलो तला २०८० असार १० गते र ५३ लाख ४८ हजार ३२१ रुपैयाँमा २०८० चैत १६ गते ठेक्का सम्झौता भई २०८१ पुस २५ गते दोस्रो तला निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष धिमराज जोल्मी मगरले जानकारी दिए ।

पहिलो र दोस्रो तला निर्माण सम्पन्न भएसँगै भवनको कुल लागत २ करोड ३० लाख पुगेको छ। कार्यक्रममा कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढा, पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, पूर्व सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेल, नेपाली कांग्रेस सुर्खेतका उपसभापति टोप बहादुर रावत, बराहताल गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीकाे उपस्थिती रहेकाे थियाे।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *