• फाल्गुन १२, २०८१
  • No Comment
  • 166

बराहताल गाउँपालिकाको वडा नम्बर ५ को  भवन उद्घाटन

बराहताल गाउँपालिकाकाे ५ नम्बर वडा कार्यालयकाे भवन उद्घाटन गरिएकाे छ । बड्डीचौरमा निर्माण गरिएकाे भवनको कर्णालीका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरेका हुन् । भवन निर्माणका लागि आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत संघ सरकारबाट ५० प्रतिशत र बराहताल गाउँपालिकाकाे ५० प्रतिशत समपुरक गरी एक करोड ३० लाख बजेट विनियोजन गरिएको थियो।

ठेक्कामार्फत निर्माण गरिएकाे भवन ७४ लाख ९७ हजार ५७७ रुपैयाँमा २०७८ चैत्र १० गतेबाट निर्माण शुरू गरिएकाे हाे । भवनकाे पहिलो तला २०८० असार १० गते र ५३ लाख ४८ हजार ३२१ रुपैयाँमा २०८० चैत १६ गते ठेक्का सम्झौता भई २०८१ पुस २५ गते दोस्रो तला निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष धिमराज जोल्मी मगरले जानकारी दिए ।

पहिलो र दोस्रो तला निर्माण सम्पन्न भएसँगै भवनको कुल लागत २ करोड ३० लाख पुगेको छ। कार्यक्रममा कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढा, पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, पूर्व सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेल, नेपाली कांग्रेस सुर्खेतका उपसभापति टोप बहादुर रावत, बराहताल गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीकाे उपस्थिती रहेकाे थियाे।

सम्बन्धित खबर

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण…

सुर्खेत। आवाज संस्था र TDHको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकाका युवालाई खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको…
जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *