• फाल्गुन १२, २०८१
  • No Comment
  • 90

बैतडीमा बाघको आक्रमणबाट एक जना घाइते

बैतडीको मेलौली नगरपालिका–३ मा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। सोमबार बिहान कोला खोलामा बाख्रा चराउन गएका ३८ वर्षीय गणेशसिंह भाटलाई बाघले आक्रमण गरेको हो।

मेलौली–३ का वडाध्यक्ष गगनसिंह भाटका अनुसार बिहान करिब १०:३० बजे जंगल क्षेत्रमा गणेशसिंहमाथि बाघले हमला गरेको थियो। बाघको आक्रमणबाट ज्यान जोगाउन उनले आफूसँग रहेको हँसियाले बाघलाई प्रहार गर्दै भाग्न सफल भएका थिए।

घाइते गणेशसिंहलाई तत्काल प्राथमिक उपचारपछि थप उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ।

बाघको आक्रमणपछि स्थानीयवासी त्रसित बनेका छन्। स्थिति नियन्त्रण गर्न र सुरक्षा सुनिश्चित गर्न उक्त क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सम्बन्धित खबर

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

१७ वर्षे नाबालिगले सौतेनी आमासँग विवाह गरेपछि …… 

हरियाणा । नाबालिग छोराले आफ्नै सौतेनी आमासँग भागेर विवाह गरेपछि हरियाणाको नुह जिल्लामा सनसनी फैलिएको छ। सम्बन्धलाई लज्जास्पद बनाउने यो घटनाले…
जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोटका वन अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

जाजरकोट  । जिल्ला वन अधिकृतमाथि कुटपिट तथा कार्यालय तोडफोडको घटनामा संलग्न एक जना फरार अभियुक्तलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ। जिल्ला…
विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

विदेश भ्रमणका लागि डलर सीमा ३ हजारमा वृद्धि

 अब विदेश भ्रमणमा जाने नेपालीले अधिकतम ३ हजार अमेरिकी डलरसम्म लैजान सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनिमयको सीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *