- फाल्गुन ७, २०८१
- No Comment
- 191
नेपाली कांग्रेसका फाल्गुनन्द गाउँपालिका सभापति सुखवीर नेम्वाङको निधन

Back to Top

नेपाली कांग्रेसका पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका कार्यसमितिका सभापति तथा फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखवीर नेम्वाङको ५६ वर्षको उमेरमा निधन भएको छ।
क्यान्सर रोगबाट पीडित नेम्वाङको निधन बुधबार भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। स्थानीय तहको निर्वाचन २०७४ मा नेम्वाङ सोही वडाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
उनको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै पार्टीले एक इमानदार र सक्षम नेताको क्षति बेहोरेको बताएका छन्।


