- फाल्गुन ४, २०८१
- No Comment
- 24
पेट्रोलको भाउ बढ्यो, डिजेल र मट्टीतेल सस्तो

नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गर्दै डिजेल र मट्टीतेलको भाउ घटाएको छ। निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ।
नयाँ मूल्यअनुसार नेपालभर तीन वर्गका विभिन्न स्थानमा फरक मूल्य लागू गरिएको छ।
पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, र धनगढीमा अब पेट्रोलको भाउ १६५ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ १५३ रुपैयाँ ५० पैसा कायम भएको छ।
दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङमा अब पेट्रोलको मूल्य १६७ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १५५ रुपैयाँ निर्धारण गरिएको छ।
तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा भने पेट्रोल १६८ रुपैयाँ तथा डिजेल र मट्टीतेल १५६ रुपैयाँ पर्नेछ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार समायोजन गरिएको बताउँदै उपभोक्ताहरूलाई आवश्यक सूचना उपलब्ध गराएको छ।