• फाल्गुन १, २०८१
  • No Comment
  • 109

आज जनयुद्ध दिवस मनाइँदै, कर्णालीका ३ स्थानीय तहमा सार्वजनिक विदा

जनयुद्धको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र) ले आज फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदैछ। पार्टीले केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी जनयुद्ध दिवसको सम्झना गरिरहेको छ। वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्धले नेपालमा राजनीतिक परिवर्तनको जग बसाल्दै गणतन्त्र, संघीयता, समावेशी लोकतन्त्र र सामाजिक न्यायका ठूला उपलब्धिहरूलाई स्थापित गराएको इतिहास छ।

जनयुद्ध दिवसको अवसरमा कर्णाली प्रदेशका केही स्थानीय तहहरूले सार्वजनिक विदाको घोषणा गरेका छन्। जुम्लाको सिंजा गाउँपालिका, रुकुम पश्चिमको चौरजहारी नगरपालिका र कालीकोटको पलाता गाउँपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेका हुन्।

भने कालीकोटकै महावै, शुभकालिका गाउँपालिका र रास्कोट नगरपालिकाले भने जनयुद्ध दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन्।

वि.सं. २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको माओवादीको जनयुद्धले देशमा गणतन्त्र स्थापना र संघीय प्रणालीको थालनी गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको थियो। यसैका बलमा नेपालमा सामाजिक न्याय र समावेशी लोकतन्त्रका आधारहरू स्थापित भएका हुन्।

आज जनयुद्ध दिवस मनाइँदा सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विभिन्न कार्यक्रममार्फत् संघर्षका स्मृतिहरू पुनः जीवित पारिनेछ।

सम्बन्धित खबर

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० नेपाली काठमाडौं आइपुगे

काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप ८० जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये ७९ जना पुरुष र…
खाली पेटमा यी खानेकुरा नखानुहोस्

खाली पेटमा यी खानेकुरा नखानुहोस्

काठमाडौँ – बिहान उठ्ने बित्तिकै के खाने भन्ने कुराले दिनभरि शरीरको ऊर्जा, पाचन र एकाग्रतामा ठूलो प्रभाव पार्छ। रातभर उपवास बसेपछि…

Live-Score-Analyse: Mehr als nur Ergebnisse für den erfahrenen Zocker

Einleitung: Die Bedeutung von Live-Scores für Profis Für den erfahrenen Glücksspieler ist das Verständnis der Dynamik eines Spiels während des Geschehens…

Leave a Reply

Your email address will not be published. Required fields are marked *