• माघ २९, २०८१
  • No Comment
  • 173

गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद

गायिका एलिना चौहानले आफ्नो वैवाहिक जीवन औपचारिक रूपमा टुंगिएको सार्वजनिक गरेकी छन्। सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेख्दै उनले पूर्वपति विष्णु सापकोटासँग कानुनी रूपमा अलग भएको जानकारी दिएकी हुन्।

एलिनाले आफ्ना भावना व्यक्त गर्दै वैवाहिक सम्बन्ध सफल हुनका लागि केवल चुरा, सिन्दूर र शारीरिक मिलन पर्याप्त नभएको उल्लेख गरिन्। उनले विश्वास र समझदारीको अभावकै कारण सम्बन्ध टुंगिन बाध्य भएको बताएकी छिन्।

सामाजिक सञ्जालमा एलिनाले लेखेकी छिन्, “फेरा, चुरा, सिन्दूर र विवाहको प्रमाणपत्र मात्रै विवाह होइन रहेछ। भावनात्मक मिलन र आपसी समझदारी नै विवाहको मुख्य प्राण रहेछ। तर, त्यसकै अभावले हाम्रो सम्बन्ध अल्पायुमै टुंगिन पुग्यो। यो निर्णय रहरले नभई बाध्यताले भएको हो, जसको कारण तिमी, म र भगवानलाई मात्र थाहा छ।”

एलिनाले आफ्नो कानुनी अधिकारले पाउने सम्पत्ति पनि विष्णुका लागि छोड्ने निर्णय गरेकी छिन्। उनले विष्णुलाई बाँकी जीवनका लागि शुभकामना दिँदै भनेकी छिन्, “पत्नीका रूपमा मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेकी छु। तिमीलाई भविष्यका लागि धेरै शुभकामना, विष्णु।”

सम्बन्धविच्छेदसँगै एलिनाले आफू स्वतन्त्र जीवनको यात्रामा अघि बढ्ने संकेत गरेकी छिन्।

एलिना र विष्णुको वैवाहिक सम्बन्ध व्यक्तिगत कारणले अन्त्य भए पनि एलिनाको यो सन्देशले सामाजिक सञ्जालमा चर्चा बटुल्दैछ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *