• माघ २२, २०८१
  • No Comment
  • 64

स्कारपियो दुर्घटना : ५ जना घाइते

स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार मंगलबार बिहान ८ बजे वालिङ नगरपालिका१४ तमादीस्थित वालिङ–पर्वत कच्ची सडकमा स्कारपियो दुर्घटना भएको हो।

वालिङबाट सिरबानी तर्फ जाँदै गरेको ग१च ८९१३ नम्बरको स्कारपियो बाटोबाट करिब चार मिटर तल खसेको थियो।

दुर्घटनामा वालिङ नगरपालिका–१४ का ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वत पैंयु गाउँपालिका–६ की ३३ वर्षीया कुमाकला तिवारी र उनका ११ वर्षीय छोरा कमल तिवारी घाइते भएका छन्।

घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। स्कारपियोमा सवार आठ मध्ये दुर्घटनामा तीन जना सकुसल रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

रोनाल्डोको अल नासर ९-०ले बिजयी

रोनाल्डोको अल नासर ९-०ले बिजयी

काठमाडौं, अल नासरले साउदी प्रो लिग अन्तर्गत अहिलेसम्मकै फराकिलो जित हासिल गरेको छ । गएराति सम्पन्न खेल अल अखडोउडविरुद्ध ९–० को…
संसदका दुबै सदनको बैठक बस्दै

संसदका दुबै सदनको बैठक बस्दै

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक…
साहारा ईङलिस मिडियम स्कुलद्वारा बुद्ध जयन्ती विशेष कार्यक्रम सम्पन्न

साहारा ईङलिस मिडियम स्कुलद्वारा बुद्ध जयन्ती विशेष कार्यक्रम सम्पन्न

गुर्भाकोट। गुर्भाकोट  नगरपालिका वड नम्बर–९ स्थित साहारा ईङलिस मिडियम स्कुलले बुद्ध जयन्तीको अवसरमा “School Connect to Community” अभियान कार्यक्रम आयोजना गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *