• माघ २१, २०८१
  • No Comment
  • 222

कर्णाली प्रदेशका ७२ स्थानीय तहमा नेपाल टेलिकमको सेवा विस्तार

सुर्खेत : कर्णाली प्रदेशका ७२ वटा स्थानीय तहमा नेपाल टेलिकमको सेवा विस्तार भएको छ। कर्णाली प्रदेशका ७९ वटा पालिकामध्ये अब सातवटा पालिकामा मात्रै सेवा विस्तार हुन बाँकी रहेको हो।

नेपाल टेलिकम दुरसञ्चार प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशले आफ्नो स्थापना दिवसको अवसरमा आज (सोमबार) वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो।

प्रादेशिक निर्देशनालयका मधुसुधन दाहालले नेपाल टेलिकमको सेवा कर्णालीका सात स्थानीय तहमा मात्रै पुग्न बाँकी रहेको जानकारी दिँदै भने, अबको एकरदुई वर्षभित्र कर्णालीका सबै स्थानीय तहमा सेवा विस्तार भइसक्ने बताए ।

डोल्पाका तीन स्थानीय तह र हुम्लाका चार स्थानीय तहमा नेपाल टेलिकमको सेवा पुग्न बाँकी रहेको उनले बताए। अहिले त्यहाँ सेवा विस्तारका लागि काम भइरहेको उनको भनाइ छ। कर्णालीमा नेपाल टेलिकममा २८१ वटा टावरहरू रहेको भन्दै केही टावर निर्माणको प्रक्रियामा रहेको दाहालले जानकारी दिए।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक डा. कमल लामिछानेले २१ वर्षमा प्रवेश गर्दै गर्दा टेलिकमको सेवा थप गुणस्तरीय बनाउन लागिएको बताए। उनले सेवाग्राहीहरूलाई सेवामा सहज बनाउनका लागि कार्यालयबाट २४ सै घण्टा काम भइरहेको भन्दै सरोकारवालाहरूसँग समन्वय गरिने जानकारी दिए।

नेपाल टेलिकमले सोमबार आफ्नो स्थापना दिवस मनाउँदैछ। याे दिवसका अवसमार कर्णालीमा पनि विभिन्न कार्यक्रम गरिने जनाइएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *