• माघ २०, २०८१
  • No Comment
  • 202

दैलेखमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

दैलेखमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
शनिबार साझ करिब साढे पाँच बजेको समयमा दैलेख जिल्ला गुराँस गाउँपालिका वडा नम्बर २ तल्लो डुगेंश्वरकाे लोहोरे खोला र कर्णाली खोलाको दोभानमा माछा मार्ने क्रममा  डुबेर एकजनाको मृत्यु भएको हो ।

गुराँस गाउँपालिका वडा नम्बर- १ स्थायी घर भएका अन्दाजी ५५ वर्षीय नरबहादुर शाहीको वडा नम्बर २ को लाहोरे खोलामा र कर्णाली खोलाको दोभानमा माछा मार्ने क्रममा  डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक सनिल दाहालले लाईका खबरलाई बाताउनु भयो ।
दाहालका अनुसार बगिरहेको अवस्थामा अन्य माछा मार्ने व्यक्तिहरुले देखेर उद्धार गरेको थिए । प्राथमिक उपचारका लागि शाहीलार्इ स्थानिय ढकाल फार्मेसीमा लगिएकाे थियाे ।

त्यहाँ उपचार सम्भव नभएपछि  जिल्ला अस्पताल दैलेखमा  पठाएकाे थियाे । थप उपचार क्रममा ८:४० बजे डाक्टरले मृत घोषणा गरेका थिए । स्थानियका अनुसार शाही तल्लो डुगेंश्वर बजारमा सानो व्यवसाय गर्दै आएका थिए ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *