• माघ २०, २०८१
  • No Comment
  • 265

दैलेखमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

दैलेखमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
शनिबार साझ करिब साढे पाँच बजेको समयमा दैलेख जिल्ला गुराँस गाउँपालिका वडा नम्बर २ तल्लो डुगेंश्वरकाे लोहोरे खोला र कर्णाली खोलाको दोभानमा माछा मार्ने क्रममा  डुबेर एकजनाको मृत्यु भएको हो ।

गुराँस गाउँपालिका वडा नम्बर- १ स्थायी घर भएका अन्दाजी ५५ वर्षीय नरबहादुर शाहीको वडा नम्बर २ को लाहोरे खोलामा र कर्णाली खोलाको दोभानमा माछा मार्ने क्रममा  डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक सनिल दाहालले लाईका खबरलाई बाताउनु भयो ।
दाहालका अनुसार बगिरहेको अवस्थामा अन्य माछा मार्ने व्यक्तिहरुले देखेर उद्धार गरेको थिए । प्राथमिक उपचारका लागि शाहीलार्इ स्थानिय ढकाल फार्मेसीमा लगिएकाे थियाे ।

त्यहाँ उपचार सम्भव नभएपछि  जिल्ला अस्पताल दैलेखमा  पठाएकाे थियाे । थप उपचार क्रममा ८:४० बजे डाक्टरले मृत घोषणा गरेका थिए । स्थानियका अनुसार शाही तल्लो डुगेंश्वर बजारमा सानो व्यवसाय गर्दै आएका थिए ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *